पुस ९, काठमाडौँ । नेकपा (माआवादी)ले इन्धनको मूल्य बृद्धि, महंगी, कलोबजारी, भ्रष्टाचारविरुद्ध थप संघर्षका कार्यक्रम घोषणा गरेको छ । 

पार्टी नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस ९, काठमाडौँ । नेकपा (माआवादी)ले इन्धनको मूल्य बृद्धि, महंगी, कलोबजारी, भ्रष्टाचारविरुद्ध थप संघर्षका कार्यक्रम घोषणा गरेको छ । 

पार्टी नि"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव माओवादीद्वारा कडा संघर्षका कार्यक्रम घोषणा

९ पुष २०७३, शनिबार ११:४४


पुस ९, काठमाडौँ । नेकपा (माआवादी)ले इन्धनको मूल्य बृद्धि, महंगी, कलोबजारी, भ्रष्टाचारविरुद्ध थप संघर्षका कार्यक्रम घोषणा गरेको छ । 

पार्टी निकट जनवर्गीय संगठनहरुले शनिबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । 

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारभन्दा धेरै मूल्य बृद्धि गरेको, सर्वसाधारण महंगीको मारमा हुँदा पनि सरकारले मूल्य बृद्धि घटेको भन्दै बजारलाई छाडा छोडेको भन्दै पार्टी निकट ११ संगठनहरुले चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन् । 

पत्रकार सम्मेलनमा घोषणा गरिएका कार्यक्रम अनुसार यही पुस १० गते देशभर कोणसभा, ११ गते अन्तरक्रिया, १२ गते १ बजे देशव्यापी विरोध प्रदर्शन, १३ गते मशाल जुलुस, १४ गते अन्तरक्रिया, १५ गते विहान ९–१० बजे चक्का जाम रहेका छन् । 

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि हुनुमा अन्तर्राष्ट्रिय स्तरमा नै मूल्य बृद्धि भएको र छिमेकी राष्ट्रमा पनि मूल्य बढेको तर्क बाहिर ल्याएको छ । सबैले बुझ्नु पर्ने कुरा के हो भनें, नेपाल आयल निगमले अन्तर्राष्ट्रियस्तरमा मूल्यमा आएको घटबढका आधारमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने गरेको छैन ।’

विज्ञप्तिमा ‘सन् २०१२ मा ओपेकले अहिलेसम्मको सबैभन्दा महंगो प्रतिव्यारेल पेट्रोलियम पदार्थको मूल्य १०९.४५ अमेरिकी डलर थियो । त्यस समयमा नेपाल आयल निगमले पेट्रोल रु. १४०.०० र डिजल रु १०९.०० प्रतिलिटर बेचेको थियो । सन् २०१६ को नवेम्बरमा प्रतिव्यारेल ४९.४९ अमेरिकी डलर हुँदा पेट्रोल रु. ९७.०० र डिजल रु.७३.०० प्रतिलिटर मूल्य निर्धारण गरेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्य २२१ प्रतिशतले घट्दा नेपालमा यसको मूल्य केवल १४४ प्रतिशत मात्र घटाइएको थियो । अहिले प्रतिव्यारेल पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ४९.४९ अमेरिकी डलरबाट केवल ५२.२५ अमेरिकी डलर मात्र भएको छ’ उल्लेख छ । 

उनीहरुले पेट्रोलियम पदार्थमा बढाएको मूल्य फिर्ता नभए थप संघर्षका कार्यक्रम घोषणा गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड