पुस ९, काठमाडौँ । नेकपा (माआवादी)ले इन्धनको मूल्य बृद्धि, महंगी, कलोबजारी, भ्रष्टाचारविरुद्ध थप संघर्षका कार्यक्रम घोषणा गरेको छ । 

पार्टी नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस ९, काठमाडौँ । नेकपा (माआवादी)ले इन्धनको मूल्य बृद्धि, महंगी, कलोबजारी, भ्रष्टाचारविरुद्ध थप संघर्षका कार्यक्रम घोषणा गरेको छ । 

पार्टी नि"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव माओवादीद्वारा कडा संघर्षका कार्यक्रम घोषणा

२०७३, ९ पुष शनिबार ११:४४


पुस ९, काठमाडौँ । नेकपा (माआवादी)ले इन्धनको मूल्य बृद्धि, महंगी, कलोबजारी, भ्रष्टाचारविरुद्ध थप संघर्षका कार्यक्रम घोषणा गरेको छ । 

पार्टी निकट जनवर्गीय संगठनहरुले शनिबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । 

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारभन्दा धेरै मूल्य बृद्धि गरेको, सर्वसाधारण महंगीको मारमा हुँदा पनि सरकारले मूल्य बृद्धि घटेको भन्दै बजारलाई छाडा छोडेको भन्दै पार्टी निकट ११ संगठनहरुले चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन् । 

पत्रकार सम्मेलनमा घोषणा गरिएका कार्यक्रम अनुसार यही पुस १० गते देशभर कोणसभा, ११ गते अन्तरक्रिया, १२ गते १ बजे देशव्यापी विरोध प्रदर्शन, १३ गते मशाल जुलुस, १४ गते अन्तरक्रिया, १५ गते विहान ९–१० बजे चक्का जाम रहेका छन् । 

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि हुनुमा अन्तर्राष्ट्रिय स्तरमा नै मूल्य बृद्धि भएको र छिमेकी राष्ट्रमा पनि मूल्य बढेको तर्क बाहिर ल्याएको छ । सबैले बुझ्नु पर्ने कुरा के हो भनें, नेपाल आयल निगमले अन्तर्राष्ट्रियस्तरमा मूल्यमा आएको घटबढका आधारमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने गरेको छैन ।’

विज्ञप्तिमा ‘सन् २०१२ मा ओपेकले अहिलेसम्मको सबैभन्दा महंगो प्रतिव्यारेल पेट्रोलियम पदार्थको मूल्य १०९.४५ अमेरिकी डलर थियो । त्यस समयमा नेपाल आयल निगमले पेट्रोल रु. १४०.०० र डिजल रु १०९.०० प्रतिलिटर बेचेको थियो । सन् २०१६ को नवेम्बरमा प्रतिव्यारेल ४९.४९ अमेरिकी डलर हुँदा पेट्रोल रु. ९७.०० र डिजल रु.७३.०० प्रतिलिटर मूल्य निर्धारण गरेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्य २२१ प्रतिशतले घट्दा नेपालमा यसको मूल्य केवल १४४ प्रतिशत मात्र घटाइएको थियो । अहिले प्रतिव्यारेल पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ४९.४९ अमेरिकी डलरबाट केवल ५२.२५ अमेरिकी डलर मात्र भएको छ’ उल्लेख छ । 

उनीहरुले पेट्रोलियम पदार्थमा बढाएको मूल्य फिर्ता नभए थप संघर्षका कार्यक्रम घोषणा गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह