सन्तोषकुमार गुप्ता । दाङ, ९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा दर्ता भएको संविधान संसोधन प्रस्ताव संसदबाटै टुङग्याउनुपर्ने बता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ, ९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा दर्ता भएको संविधान संसोधन प्रस्ताव संसदबाटै टुङग्याउनुपर्ने बता"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसोधन प्रस्ताव छिटो या ढिलो संसदबाटै टुङगो लाग्छ: प्रधानमन्त्री

९ पुष २०७३, शनिबार १३:१६

सन्तोषकुमार गुप्ता । दाङ, ९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा दर्ता भएको संविधान संसोधन प्रस्ताव संसदबाटै टुङग्याउनुपर्ने बताएका छन् ।

प्रेस सेन्टर दाङले आज दाङको घोराहीमा आयोजना गरेको पत्रकर भेटघाट कार्यक्रममा संसोधन प्रस्ताव संसदमा दर्ता भइसकेकाले यो फिर्ता नहुँने र पारित भएपनि फेल भएपनि संसदबाटै टुङगो लगाउनुपर्ने बताएका हुन् । ‘म प्रस्तावको हैसेतले पारित गराउने मै मेरो जोड हुन्छ तर, दर्ता भएको प्रस्ताव फिर्ता हुँदैन’, उनले भने, ‘पास भए पनि फेल भए पनि भोटिङ गरौं ।’ प्रधानमन्त्री दाहालले संसद अवरोध गर्नु लोकतान्त्रिक नभएको भन्दै प्रतिपक्षलाई प्रश्न गरे ।

संसोधन प्रस्ताव सबै दलको सहमतिमा ल्याइएको भन्दै यो छिटो या चाँडो पारित हुने उनले दावी गरे । अहिलेको मुख्य विषय संविधान संसोधन, महाभियोगको प्रक्रिया अघि वढाउनु, निर्वाचनसम्बन्धी विधेयकको काम अघि वढाउनु र तीन वटै निर्वाचनको मिति घोषण गर्नु भएको उल्लेख गर्दै यी विषयलाई टुङयाउन विषयमा सहमति नभए पनि प्रक्रियामा प्रमुख दलह सहमति हुनुपर्ने बताए ।

संविधान कार्यान्वयनका लागि सहमतिको विकल्प उल्लेख गर्दै प्रचण्डले सबै दल, मधेस र जनजातिलाई मिलाएर लैजाने उत्तम विकल्प संसोधन प्रस्ताप पारित गर्नुनै नभएको बताए । प्रधानमन्त्री दाहालले अरु एक प्रशंगमा आफू मुलुकलाई विकास र संमृद्धितर्फ लैजानेतर्फ लागेको बताए ।

नेपालमा शुरु भएको राष्ट्रिय गौरवका आयोजनाहरु आफूले निरक्षण अनुगमन गर्नुका साथै आवश्यक निर्देशन दिने गरेको भन्दै उनले सरकार मुलुकको आर्थिक एवं विकासको संमृद्धितर्फ जुटेको बताए । प्रधानमन्त्री दाहाल घोराहीमा हुने ५ नम्बर प्रदेशको बैठकलाई सम्बोधन गर्न यहाँ आएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव