सन्तोषकुमार गुप्ता । दाङ, ९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा दर्ता भएको संविधान संसोधन प्रस्ताव संसदबाटै टुङग्याउनुपर्ने बता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ, ९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा दर्ता भएको संविधान संसोधन प्रस्ताव संसदबाटै टुङग्याउनुपर्ने बता"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसोधन प्रस्ताव छिटो या ढिलो संसदबाटै टुङगो लाग्छ: प्रधानमन्त्री

२०७३, ९ पुष शनिबार १३:१६

सन्तोषकुमार गुप्ता । दाङ, ९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा दर्ता भएको संविधान संसोधन प्रस्ताव संसदबाटै टुङग्याउनुपर्ने बताएका छन् ।

प्रेस सेन्टर दाङले आज दाङको घोराहीमा आयोजना गरेको पत्रकर भेटघाट कार्यक्रममा संसोधन प्रस्ताव संसदमा दर्ता भइसकेकाले यो फिर्ता नहुँने र पारित भएपनि फेल भएपनि संसदबाटै टुङगो लगाउनुपर्ने बताएका हुन् । ‘म प्रस्तावको हैसेतले पारित गराउने मै मेरो जोड हुन्छ तर, दर्ता भएको प्रस्ताव फिर्ता हुँदैन’, उनले भने, ‘पास भए पनि फेल भए पनि भोटिङ गरौं ।’ प्रधानमन्त्री दाहालले संसद अवरोध गर्नु लोकतान्त्रिक नभएको भन्दै प्रतिपक्षलाई प्रश्न गरे ।

संसोधन प्रस्ताव सबै दलको सहमतिमा ल्याइएको भन्दै यो छिटो या चाँडो पारित हुने उनले दावी गरे । अहिलेको मुख्य विषय संविधान संसोधन, महाभियोगको प्रक्रिया अघि वढाउनु, निर्वाचनसम्बन्धी विधेयकको काम अघि वढाउनु र तीन वटै निर्वाचनको मिति घोषण गर्नु भएको उल्लेख गर्दै यी विषयलाई टुङयाउन विषयमा सहमति नभए पनि प्रक्रियामा प्रमुख दलह सहमति हुनुपर्ने बताए ।

संविधान कार्यान्वयनका लागि सहमतिको विकल्प उल्लेख गर्दै प्रचण्डले सबै दल, मधेस र जनजातिलाई मिलाएर लैजाने उत्तम विकल्प संसोधन प्रस्ताप पारित गर्नुनै नभएको बताए । प्रधानमन्त्री दाहालले अरु एक प्रशंगमा आफू मुलुकलाई विकास र संमृद्धितर्फ लैजानेतर्फ लागेको बताए ।

नेपालमा शुरु भएको राष्ट्रिय गौरवका आयोजनाहरु आफूले निरक्षण अनुगमन गर्नुका साथै आवश्यक निर्देशन दिने गरेको भन्दै उनले सरकार मुलुकको आर्थिक एवं विकासको संमृद्धितर्फ जुटेको बताए । प्रधानमन्त्री दाहाल घोराहीमा हुने ५ नम्बर प्रदेशको बैठकलाई सम्बोधन गर्न यहाँ आएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह