भाष्कर के.सी । पुस ११, कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल विचभएको पार्टी एकिकरण साथै फागुन ६, ७, ८ र ९ गते काठमाडौमा हुने महाधिवेशनको पूर्व तयारी स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भाष्कर के.सी । पुस ११, कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल विचभएको पार्टी एकिकरण साथै फागुन ६, ७, ८ र ९ गते काठमाडौमा हुने महाधिवेशनको पूर्व तयारी स"/>
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पुष १७ गते कञ्चनपुरमा राप्रपाद्वारा आमसभाको आयोजना

२०७३, ११ पुष सोमबार १४:४४

भाष्कर के.सी । पुस ११, कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल विचभएको पार्टी एकिकरण साथै फागुन ६, ७, ८ र ९ गते काठमाडौमा हुने महाधिवेशनको पूर्व तयारी स्वरुप पुस १७ गते कञ्चपुरमा आमसभाको आयोजना गरिएको छ, जसलाई पार्टीका अध्यक्ष कमल थापाले सम्बोधन गर्ने आयोजक राप्रपा नेपालले पत्रकार सम्मेलन जानकारी दिएको छ ।

साथैै पुस १८ गते प्रदेश नं.७ का सम्पुर्ण केन्द्रिय सदस्य र जिल्ला अध्यक्ष लाई १ दिने कार्यकर्ता प्रशिक्षण रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष पतिराम चुनाराले बताए ।

पार्टी एकताले कार्यकर्तामा ठुलो हौसला, उर्जा थपेको छ, पुस १७ गते हुने आमसभामा पार्टी अध्यक्ष कमल थापा, पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, राष्ट्रिय अध्यक्ष पशुपती सम्सेर जस्ता राप्रपाका हस्तीले सम्बोधन गर्ने र आगामी रणनिती र आफ्ना एजेण्डा जनता सामु प्रस्तुत गर्ने केन्द्रिय सदस्य तथा प्रचार प्रसार विभागका  हेमबाबु लेखकले बताए ।

हिन्दु राष्ट्र नेपाल दुवै पार्टीको साँझा माग भए पनि राजा संस्था हुने कि गणतन्त्र भने विषयमा पार्टीको महाधिवेशन पछि तय हुने, आफ्ना चुनाव चिन्ह् पनि हलो हुने वा गाई भन्ने पनि महाधिवेशनले नै तय गर्ने राप्रपा नेपालका केन्द्रिय सह–महामन्त्री धर्मराज जोशीले बताए ।

त्यसैगरी राजाले बोल्दा यहाँका पार्टीहरुलाई किन टाउको दुखाई सर्वसाधारण सरह भएको राजाले आफ्नो कुरा राख्दा किन विवाद ? यात त्यहिबेला राजालाई देश निकाल गर्नु पर्ने होइन भने जनता सरहभएका राजाले आफ्नो कुरा राख्न पाउनु पर्ने राप्रपाका केन्द्रिय सदस्य नन्दलाल चटौतले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ