पुस १३, काठमाडौँ । प्रमुख तीन राजनीतिक दलबीच छिट्टै स्थानीय तहको निर्वाचन गर्ने सैद्धान्तिक सहमति भएका छ । 

सिंहदरबारमा आज बसेको नेपाली काँग्रेस, नेकप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १३, काठमाडौँ । प्रमुख तीन राजनीतिक दलबीच छिट्टै स्थानीय तहको निर्वाचन गर्ने सैद्धान्तिक सहमति भएका छ । 

सिंहदरबारमा आज बसेको नेपाली काँग्रेस, नेकप"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय निर्वाचन गर्न तीन दल सहमत

१३ पुष २०७३, बुधबार ०९:०६

पुस १३, काठमाडौँ । प्रमुख तीन राजनीतिक दलबीच छिट्टै स्थानीय तहको निर्वाचन गर्ने सैद्धान्तिक सहमति भएका छ । 

सिंहदरबारमा आज बसेको नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताको बैठकले स्थानीय तहको निर्वाचनका लागि सहमति गरेको बैठकमा सहभागी नेताले बताएका छन् । 

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्थानीय तहको निर्वाचन गर्ने सम्बन्धमा प्रमुख दलबीच घनिभूत छलफल भएको र मधेसी मोर्चासँग छलफल गरी एक साताभित्रै मिति तोक्ने सहमति भएको जानकारी दिए । 

बैठकमा नेताले स्थानीय तहको पुनःसंरचनासम्बन्धी आयोगको प्रतिवेदन तयार गरिसकेकाले स्थानीय तहको नै निर्वाचन गर्नुपर्नेमा जोड दिएका थिए । बैठकमा वर्तमान राजनीतिक गतिरोधको गाँठो फुकाइ अघि बढ्ने र त्यसका लागि संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव, स्थानीय तहको पुनःसंरचनासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने र निर्वाचनसम्बन्धी विधेयक पारित गरी निर्वाचनको मिति तोक्ने सम्बन्धमा छलफल भएको थियो । 

उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सत्तारुढ दलका तर्फबाट संसद् खोल्न गरेको आग्रहलाई प्रमुख प्रतिपक्ष दलले अस्वीकार गरेको जानकारी दिए । 

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाले प्रक्रियाअनुसार अघि बढ्नका लागि संसद् खोल्न आग्रह गरेपनि एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्भव नहुने बताएको जानकारी दिए । 

बैठकमा एमालेका नेताले निर्वाचनको कुरामा सहमति जनाए पनि संशोधनको प्रस्ताव फिर्ता नभएसम्म संसद् खोल्न नसकिने अडान राखेका थिए । बैठकपछि एमालेका उपाध्यक्ष भीम रावलले सरकारले एकतर्फी रुपमा संशोधनको प्रस्ताव ल्याएर निषेधको राजनीतिक गरेको आरोप लगाउँदै संशोधन प्रस्ताव मुलुक र जनताको हित विपरीत भएकाले मान्न नसकिने बताए । 

उपाध्यक्ष रावलले भने-, “यस सम्बन्धमा सरकार कसरी अघि बढ्न खोजेको हो स्पष्ट पार्नुप¥यो, हामी सहमतिका साथ अघि बढ्न तयार छौँ ।” बैठकमा तीनै दलका शीर्ष नेताका साथै दोस्रो तहका नेता पनि सहभागी भएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’