२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममै बन्यो संसद

२०७३, १४ पुष बिहीबार ०७:०३

प्रकाश धौलाकोटी/पुस १४, तेह्रथुम । सदरमुकाम म्याङलुङ्गस्थित जिल्ला विकास समितिको सभाहलमा बुधबार  दिनभर चुनावी माहोल थियो । 

को राष्ट्रपति बन्ने ? को सभामुख, उपसभामुख, प्रधानमन्त्री, गृहमन्त्री या अर्थमन्त्री बन्ने ? को कुन मन्त्री बन्ने ? सबैलाई चुनावी माहोलले छोएको थियो । धेरैको मुहारमा उत्साह र जोस् देखिन्थ्यो । 

नभन्दै दिउँसो अवेर निर्वाचन भएर परिणाम आयो र संसद गठन भयो । 

चुनावी परिणामबाटै कल्पना दाहाल राष्ट्रपति, आकाश विश्वकर्मा सभामुख र झरना लिम्बु उपसमामुख चयन भए । मेघराज थापा प्रधानमन्त्री बने, लोकेश क्षेत्री विपक्षी दलको नेता बने । सत्तापक्ष प्रमुख सचेतक सिर्जना कार्की र सचेतक दुई स्वर्णदीप लिम्बु चयन भए । 

विपक्षीको तर्फबाट प्रमुख सचेतक विपीन अधिकारी र सचेतक दुई सविना श्रेष्ठ चुनिए । गृहमन्त्री सुरेश खत्री बने ।  अर्थमन्त्री विनिता पोखरेल, शिक्षामन्त्री पार्वता लिम्बु, स्थानीय विकास मन्त्री मथुरा मगर, युवामन्त्री मनिषा बुढाथोकी बनिन् । 

महिला तथा बालबालिका मन्त्री संगीता खड्का, श्रममन्त्री प्रकाश भण्डारी, स्वास्थ्य, भौतिक योजना तथा पुर्वाधार विकास, गरिवी निवारण र ऊर्जा मन्त्रीमा क्रमशः सुनिता सुवेदी, सीता रिमाल, ममता दाहाल र कविता चौलागाई चयन भए । केही घण्टामै संसद र सरकार खडा गरिए । तर यो साँच्चिकै देश चलाउने संसद र सरकार भने गठन भएको होइन । 

युवाहरुमा व्यवस्थापिका संसदको प्रक्रिया र नीतिगत व्यवस्थाबारे जानकारी गराउने ध्येयले जिल्लाका युवाहरुलाई बोलाएर नेपाल युवा संस्था सन्जालले नमुना युवा व्यवस्थापिका संसद गठन गरेको हो । देशभरका युवा संस्थाहरुको सन्जाल नेपाल युवा संस्था सन्जालले युवाहरुको क्षमता अभिवृद्धि गर्न तथा संसदीय प्रक्रियाबारे जानकारी दिन संसद गठन गरेको हो । 

विपक्षी दलको नेता बनेका लोकेश क्षेत्री विहीबार संसद अवरुद्ध गर्ने तयारी छन् । 

मन्त्री र नेता बनेकाहरु पनि संसदको सम्बोधन गर्ने तयारी गरेका छन् । बुधबारबाट सुरु भएको कार्यक्रम शुक्रबार सकिनेछ । कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका ८० जना युवाहरु सहभागी छन् । कार्यक्रमको सहजीकरण संस्थाका उपाध्यक्ष अनिल सिमखडा र आभाष राजोपाध्यायले गरेको संस्थाकै प्रताप अधिकारीले जानकारी दिए । 

युवाहरुमा नीतिगत ज्ञान तथा संसदीय प्रक्रियाबारे ज्ञान दिन बनाइएको संसदले साँच्चिकै क्षमता अभिवृद्धिको महसुस गरेको सुर्खेतबाट कामको शिलशिलामा यहाँ रहेका युवा लोकश महताराले बताए । 

सन्जालले राष्ट्रिय युवा परिषदसँगको सहकार्यमा यसअघि सिन्धुपाल्चोक, बाग्लुङ, जाजरकोट र जनकपुर जिल्लामा पनि नमुना युवा संसद कार्यक्रम चलाइसकेको जनाएको छ । सन्जाल देशभरका ४४ जिल्लाका ९२ वटा युवा संस्थाहरुको छाता संस्था हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने