(समाचार विश्लेषण) पर्वत । कोइराला समूहबाट तत्का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  (समाचार विश्लेषण) पर्वत । कोइराला समूहबाट तत्का"/>
७ पुष २०८२, सोमबार
पर्बत - PBT

गुट परिर्वतनको उपहार : केन्द्रिय सदस्यमा चुनाव हारेका अर्जुन जोशी केन्द्रिय सदस्यमै मनोनित…

१६ पुष २०७३, शनिबार ०४:३२

 (समाचार विश्लेषण) पर्वत । कोइराला समूहबाट तत्कालीन संस्थापन पक्षमा लामो समय लागेका पर्वत क्षेत्र न १ का सांसद अर्जुन जोशीले नेपाली कांग्रेसको पछिल्लो महाधिवेशनमा समूह परिर्वतन गरी देउवा समूहमा लागे । कोइराला समूहमा लामो समय लाग्दा पनि मन्त्री पद पाउन नसकेको भन्दै समूह परिर्वतन गरेको हल्ला बाहिर आएपनि उनले यस विषयमा सिधा भाषामा स्पष्ट पारेनन ।

समूह परिर्वतन गरेर केन्द्रिय सदस्य पदमा उठेपनि उनी अन्ततः देउवा समूहबाट केन्द्रिय सदस्य पदमा पराजीत भए ।

जिल्लाको नेपाली कांग्रेसमा एकछत्र राज गरीरहेका सांसद जोशी पटक पटक नेपाली कांग्रेसको केन्द्रिय सदस्य भए भने विदेश विभाग सदस्य समेत भएका थिए । जिल्लामा तत्कालीन कोइराला पक्षधरको अत्याधिक बहुमत भएका कारण उनी जिल्लामा सधै सत्तापक्ष जस्तै कार्यकर्ता माझ नेतृत्वकर्ता समेत बने ।

पछिल्लो महाधिवेशनमा संस्थापन पक्षबाट सभापति पदमा उठेका रामचन्द्र पौडेललाई छाडेर सभापति पदका प्रत्यासी शेरबहादुर देउवासंग समूहगत लबीमा लागेपछि भने जोशी जिल्लामा कमजोर मानिदै आएका छन ।

तत्कालीन संस्थापन पक्षले साथ छाडेको र देउवा पक्षका नेताहरुसंग उनको पुरानो सम्बन्ध त्यति धेरै राम्रो नभएका कारण जिल्लामा उनी नेता तथा कार्यकर्ता माझ एक्लिदै गएपनि अन्ततः उनी केन्द्रिय सदस्यमा भने पार्टी सभापति शेरबहादुर देउवाको निगाहामा परेका छन ।

केन्द्रिय सदस्य हारेर महाधिवेशन प्रतिनिधिले नरुचाएका जोशीलाई सभापति देउवाले केन्द्रिय सदस्य पदमा मनोनित गरेका छन । यस अघि पनि वर्तमान सरकारको मन्त्री वा केन्द्रिय सदस्य मध्ये एक पद रोज्न जोशीलाई देउवाले आग्रह गरेपनि उनले दुवै पद रोजेको जोशी निकट श्रोत बताउँछ ।

देउवाले दुवै पद दिन अस्विकार गरेपछि जोशीले अधिकार सम्पन्न क्याविनेट मन्त्री नपाउने भएपछि अर्को पटकका लागि मन्त्रीको दाबेदार प्रस्त्ुत गर्न केन्द्रिय सदस्य रोजेका थिए । जोशी निकट श्रोत भन्छ–‘मन्त्री ९ महिनाका लागि हुनसक्छ, केन्द्रिय सदस्य एक कार्यकालका लागि हो, त्यसैले जोशीले मन्त्रीलाई भन्दा केन्द्रिय सदस्यलाई प्राथमिकतामा राखेका थिए ।’

जोशी तत्कालीन कोइराला समुहमा लाग्दाका देउवा पक्षका पर्वतका नेताहरुले दुवै पद जोशीलाई नदिन लामो समय देखि देउवासंग लबिङ भने गरीरहको थिए । कांग्रेस निकट श्रोत भन्छ–‘जोशी जत्तिको नेता धौलागिरी क्षेत्रमा कांग्रेस भित्र नभएका कारण देउवाले केन्द्रिय सदस्य बनाउनु कुनै नौलो होइन ।’

२०५६ साल २०६४ र २०७० सालमा भएका आम निर्वाचनमा जोशीले पर्वत क्षेत्र न १ बाट विजयी हासिल गरेका थिए । ३ पटक लगातार सांसद भएपनि क्याविनेट मन्त्री नभएको भन्दै उनी निकट नेता तथा कार्यकर्ताहरुले केन्द्रिय नेतृत्वलाई भने पटक पटक दबाद दिदै आएका छन । वर्तमान सरकारमा जोशीको ठाउँमा मुस्ताङका रोमी गौचनलाई मन्त्री बनाएपछि जोशी स्वयम र उनी निकट कार्यकर्ताहरुले केन्द्रीय नेतृत्वसंग आक्रोस पोख्दै आएका छन ।

लामो समय सांसद पद जितेपछि जिल्लामा देखिने गरी विकास निर्माणका योजनाहरुमा ध्यान नदिएको र ब्यक्ति केन्द्रित टुक्रे योजनाहरुमा ध्यान दिएको आरोप लाग्दै आएका जोशीले नेपाली कांग्रेसलाई बलियो बनाउने भन्दा आफू र आफनो परिवारको छवि जिल्लामा बलियो बनाउने अभियानमा लागेको आरोप समेत उनलाई कार्यकर्ताहरुले लगाउँदै आएका छन ।

उनी तस्रो पटक नेपाली कांग्रेसको केन्द्रिय बनेका छन । नेपाली कांग्रेसको केन्द्रिय कार्यालयले दिएको जानकारी अनुसार उनलाई शुक्रबार केन्द्रिय सदस्य पदमा मनोनित गरिएको हो ।


सूचनाकेन्द्रबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा