पर्वत । उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिले एमाले संघीयता विरोधी भएको आरोप लगाएका छन् । आइतबार पर्वतमा आएका मन्त्री निधिले एमाले संघीयता विरोधी भएकोले संविधान संशोधनकोे विरुद्धमा नाराबाजी गरेको आरोप लगाए । उनले एमालले प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिले एमाले संघीयता विरोधी भएको आरोप लगाएका छन् । आइतबार पर्वतमा आएका मन्त्री निधिले एमाले संघीयता विरोधी भएकोले संविधान संशोधनकोे विरुद्धमा नाराबाजी गरेको आरोप लगाए । उनले एमालले प्र"/>
२०८२, २८ चैत्र शनिबार
काठमाडौँ - KTM

एमाले संघीयता विरोधी पार्टी हो: उपप्रधानमन्त्री निधि

२०७३, १६ माघ आईतवार ०६:३१

महेन्द्र केसी/माघ १६, पर्वत । उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिले एमाले संघीयता विरोधी भएको आरोप लगाएका छन् ।

आइतबार पर्वतमा आएका मन्त्री निधिले एमाले संघीयता विरोधी भएकोले संविधान संशोधनकोे विरुद्धमा नाराबाजी गरेको आरोप लगाए ।

उनले एमालले प्रदेश ४ को सिमांकन हेरफेर सहितको संविधान संशोधन भए संविधानको सर्वस्वीकार्यता बढ्ने र देशले निकास पाउनुको साथै संघीयराज्यमा जाने देखेपछि एमालले विद्रोह गरेको ठोकुवा गरे ।

शहिद स्मारक अंग्रेजी आवसिय माविको रजतजयन्तीको अबसरमा कुश्मा आएका निधिले एमालेको आवरण राष्ट्रबादका कारण अस्थीर राजनीतिले बढवा पाएको बताए । 

सरकारको तर्फबाट निधिले पहिलो पटक सहिद चोकमा रहेको सहिद गोविन्दनाथ शर्माको शालिकमा माल्यापण समेत गरेका छन् ।

उनले सहिद दिवसको अबसरमा माल्यापण गरेका हुन् । ०६२।६३ को जनआन्दोलनमा मारिएका गोविन्दनाथ शर्माको सम्मानका लागि राज्यको तर्फबाट खासै सम्मान तथा कदर नभएको बेलामा मन्त्री निधिले पहिलोपटक सहिद शर्माको शालिकमा माल्यापण गरेका हुन् । 

मन्त्री निधिले सहिदको सपना साकार पार्नको लागि पनि अब सरकारले चाडै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् ।

संविधान संशोधनमा एमालले गरेको किचलो राष्ट्रिय हित विपरित रहेको भन्दै निधिले देश र जनताले राष्ट्रबादी दल र नेता चिन्नेबेला आएको बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से