२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा सोह्र दल दर्ता

२०७३, १९ माघ बुधबार ०३:२१

माघ १९, फलेवास (पर्वत) | सरकारले स्थानीय निर्वाचनको चुनावको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला पर्वतमा १६ वटा पार्टीले दल दर्ता गराएका छन् । 

जिल्ला निर्वाचन कार्यालय पर्वतमा सोमबार अन्तिम दिनसम्म १६ वटा दलले पार्टी दर्ता गराएका हुन् । 

यसपटक २०७० सालको निर्वाचनभन्दा तीनवटा बढी दल दर्ता भएका हुन् । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माअ‍ोवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, अखण्ड नेपाल पार्टी, नेकपा माले, नेपाल परिवार दल, सङ्घीय समाजवादी फोरम नेपाल, नेपाल दलित पार्टी, नयाँ शक्ति पार्टी नेपाल, देशभक्त समाज पार्टी, नेकपा (माले) जनसमाजवादी, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी र युनाइटेड ग्रिन अर्गनाइजेसन पार्टीले दल दर्ता गराएका हुन् । 

स्थानीय निर्वाचनको चर्चा चलिरहेका बेला जिल्लामा यसपाली तीन दल बढेको जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले जानकारी दिनुभयो । संविधानसभाको दोस्रो निर्वाचनमा पर्वतमा प्रत्यक्ष निर्वाचनका लागि १३ दल र समानुपातिकतर्फ धेरै दल सहभागी थिए । 

पर्वतमा यसपटक नयाँ शक्ति नेपाल, राष्ट्रसेवक लोकतान्त्रिक पार्टी र युनाइटेड ग्रिन अर्गनाइजेसन पार्र्टी नयाँ दर्ता भएका हुन् । दुई राप्रपा एक भएका छन् भने जनयुनिटी पार्टीले यसपटक दल दर्ता नगरेको कार्यालयले जनाएको छ । दोस्रो संविधानसभा निर्वाचनमा अधिकांश दलको जमानतसमेत जफत भएको थियो । अघिल्लो निर्वाचनमा क्षेत्र नं १ मा नेपाली काँग्रेस र क्षेत्र नं २ मा नेकपा (एमाले) प्रत्यक्षतर्फ विजयी भएका थिए भने समानुपातिकमा समेत तीनै दलको बाहुल्यता रहेको थियो । 

अधिकांश राजनीतिक दल जिल्लामा क्रियाशील भए पनि केही राजनीतिक दल भने निर्वाचन कार्यालयमा दर्ता मात्र भएको पाइएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से