माघ १८ पर्बत(आगामी चुनावलाई मध्य नजर गर्दै माओवादी केन्द्र पर्वतले आफ्नो सक्रियता तिब्र बनाएको छ । विभिन्न ठाउँमा नयाँ समिति गठन, भेला, बैठक, अन्तरक्रिया लगायतका गतिविधि बढाउदै लगेको छ । यसै सन्दर्भमा पर्वतको उरामपोखरामा पनि नया"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १८ पर्बत(आगामी चुनावलाई मध्य नजर गर्दै माओवादी केन्द्र पर्वतले आफ्नो सक्रियता तिब्र बनाएको छ । विभिन्न ठाउँमा नयाँ समिति गठन, भेला, बैठक, अन्तरक्रिया लगायतका गतिविधि बढाउदै लगेको छ । यसै सन्दर्भमा पर्वतको उरामपोखरामा पनि नया"/>
५ माघ २०८२, आईतवार
पर्बत - PBT

पर्वतमा माओवादी केन्द्र प्रतिको जनलहर बढ्दो, उराममा बन्यो नयाँ कमिटी

१९ माघ २०७३, बुधबार ०९:१६

माघ १९, पर्बत । आगामी चुनावलाई मध्य नजर गर्दै माओवादी केन्द्र पर्वतले आफ्नो सक्रियता तिब्र बनाएको छ ।

विभिन्न ठाउँमा नयाँ समिति गठन, भेला, बैठक, अन्तरक्रिया लगायतका गतिविधि बढाउदै लगेको छ । यसै सन्दर्भमा पर्वतको उरामपोखरामा पनि नयाँ समिति गठन भएको छ । गाउँ स्तरीय भेला आयोजना गरी हरिलाल भुसालको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कमिटी गठन भएको हो ।

जयकृष्ण काफ्ले, इन्द्रजित नेपाली, नारायण काफ्ले उपाध्यक्ष रहेको कमिटीमा जीवन थापा सचिव, मित्रलाल बसेल सहसचिव, लालुमाया नेपाली कोषाध्यक्ष रहेका छन् । एकनारायण काफ्लेले संचालन गरेको उक्त भेलाको अध्यक्षता हुमकला तिवारीले गरेकी थिइन, भने स्वागत मनतव्य जीवन थापाले गरेका थिए । साथै उक्त कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं प्रस्तावित विहादी इन्चार्ज ऋषिराम भुसाल रहेका थिए ।

उक्त भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि भुसालले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता माओवादीको एजेन्डा हो उक्त एजेन्डा सहितको संविधान कार्यनयन गर्न पनि आगामी चुनावमा माओवादी केन्द्रले जित्नु पर्ने बताए । पर्वतको विकास माओवादी केन्द्र लागिपरेको भन्दै आगामी चुनावमा पर्वतको सबै माओवादी केन्द्रले जित्ने दावी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता