नन्दराम जैशी/माघ २१, जुम्ला । जुम्लामा कार्यरत गाविस सचिबहरुले बिहिबारदेखि अनिश्चीत कालिन बिरोध सहितको धर्ना कार्यक्रम शुरु गरेपछि सेवाग्राही मर्कामा परेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  

नन्दराम जैशी/माघ २१, जुम्ला । जुम्लामा कार्यरत गाविस सचिबहरुले बिहिबारदेखि अनिश्चीत कालिन बिरोध सहितको धर्ना कार्यक्रम शुरु गरेपछि सेवाग्राही मर्कामा परेक"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाका गाविस सचिबले बिरोध सहितको धर्ना कार्यक्रम थालेपछि…

२१ माघ २०७३, शुक्रबार ०५:२७

 

नन्दराम जैशी/माघ २१, जुम्ला । जुम्लामा कार्यरत गाविस सचिबहरुले बिहिबारदेखि अनिश्चीत कालिन बिरोध सहितको धर्ना कार्यक्रम शुरु गरेपछि सेवाग्राही मर्कामा परेका छन् । 

गाविस सचिबहरुले सरकारसँग आफ्नो कार्य सम्पादनमा आधारीत भत्ताको माग गर्दै बिहिबारदेखि जुम्लामा अनिश्चीत कालिन बिरोध सहितको धर्ना कार्यक्रम शुरु गरेपछि सेवाग्राही मर्कामा परेका हुन् । 

गाविस सचिब हकहित संरक्षण केन्द्र जुम्लाको नेतृत्वमा जुम्लाका २६ गाविसमा कार्यरत गाविस सचिबहरुले अफ्नो माग पुरा नभएसम्म गाविसको दैनिक कार्यसम्पादन नगर्ने भन्दै गासिवसका सम्पुर्ण छापहरु स्थानिय विकास अधिकारीलाइ बुझाएका छन् । 

अनिश्चीत कालिन बिरोध कार्यक्रम अन्र्तगत शुक्रबार आजदेखि जिल्ला विकास समितिमा नियमित धर्ना दिने गाविस सचिबहरुले बताएका छन् । स्थानिय विकास अधिकारी हरीनारायण बेल्वासेलाइ माग पत्र सहित गाविसका छाप बुझाउदै सचिबहरुले सरुवा नियमित हुनुपर्ने, एक गाविस एक सचिब काम गर्ने ब्यवस्था हुनुपर्ने र कार्यसम्पादनमा आधारीत भत्ताको ब्यवस्था हुनुपर्ने माग राखेका छन् । 

गाविस सचिबहरुको अध्यधिक कार्यबोझ भएको र कुनै कार्य बितरण नतोकि सम्पुर्ण मन्त्रालय तथा केन्द्रीय निकायको काम गाविस सचिबहरुलाइ लागाउने गरेको भन्दै कार्य बिवरण तोक्न र कार्य सम्पादनमा आधारीत भत्ताको ब्यवस्था गर्न सरकार समक्ष सचिबहरुले माग राखेका छन् । 

अन्य निकाय जस्तै कार्य सम्पादनमा आधारीत भत्ता गाविस सचिबहरुले तिन महिनाको पाएकोमा हाल भत्ता स्वीकृत नहुँदा गाविस सचिबहरको गम्भीर ध्यानाकर्षण भएको गाविस सचिब हकहित संरक्षण केन्द्र जुम्लाका कार्यबहाक अध्यक्ष जन महताराले बताउनुभयो । 


आफ्ना मागहरु सुनुवाइ नभएसम्म निरन्तर आन्दोलनका कार्यक्रम जारी राख्ने गाविसको कुनैपनि कार्य सम्पादन नगर्ने जुम्लाका गाविस सचिबहरुले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएका छन् । कार्य सम्पादनमा गाविस सचिबहरु कर्तब्यनिष्ट हुँदा सरकारले सचिबको लचकता देखेर माग सुनुवाइ नगर्ने भएकाले धर्नाका कार्यक्रम तय गरीएको गाविस सचिब हकहित संरक्षण केन्द्र जुम्लाले दावि गरेको छ । 

यता स्थानिय विकास अधिकारी हरीनारायण बेल्वासेले माग पत्र र गाविसका छापहरु बुझ्दै माग सम्बोधनका लागि स्थानिय विकास मन्त्रालयका सचिबहरुसँग अनुरोध गरीने बताउनुभयो । गाविस सचिबहरुलाइ आफ्नो कर्तब्यबाट नबाहिरीन र गाविसको सेवा प्रवाह नरोक्न उहाले निर्देशन दिनुभएको छ । 

माग सम्बोधनका लागि सरकारी सेवामा प्रवेश गर्दा देश र जनताको सेवाका लागि खाएको सपथ र सरकारी कर्मचारीको आचरण भन्दा बाहिए नजान अनुरोध गर्दै गाविस सचिबहरुलाइ जनताको सेवामा प्रतिबद्ध रहन उहाको आग्रह छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य