१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

माओवादी केन्द्र तेह्रथुमले चैतभित्रै जिल्ला सम्मेलन गर्ने

२३ माघ २०७३, आईतवार ०२:३८

प्रकाश धौलाकोटी/माघ २३, तेह्रथुम । नेकपा माओवादी केन्द्र, तेह्रथुमले आगामी चैतभित्रै पार्टीको जिल्ला अधिवेशन गर्ने भएको छ । 

शनिबार सम्पन्न पार्टीको सचिवालय बैठकले जिल्लाका सबै गाउँपालिका, नगरपालिकाका वडास्तरदेखि जिल्ला तहसम्मको अधिवेशन गर्न निर्देशन गर्ने निर्णय गरेको हो । 

बैठकले फागुन मशान्तभित्र वडा, गाउँ तथा नगरको सम्मेलन गर्ने र चैतभित्र जिल्ला सम्मेलन गर्ने निर्णय गरेको केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य सलबहादुर तिवारीले बताए । यस्तै बैठकले ‘नयाँ तेह्रथुम’ निर्माणकालागि जनतासँग परामर्श गरेर पर्यटन विकास, कृषिमा आधुनिकीकरण लगायत विषय सम्मिलित तत्कालिन, अल्पकालिन र दीर्घकालिन योजनाहरु निर्माण गरिने समेत निर्णय गरेको छ । 

बैठकले आगामी स्थानीय निकाय निर्वाचनमा पार्टीलाई सबै तहमा विजयी गराउन सबै कार्यकर्तालाई सक्रिय रहन समेत सचिवालय बैठकले निर्णय गरेको जनाएको छ । बैठकमा केन्द्रिय कार्यालय सदस्य तथा प्रदेश नं. १ इन्चार्ज गोपाल किराँती ‘साइला’ र केन्द्रिय सचिवालय सदस्य तथा प्रदेश नं. १ संयोजक सावित्रीकुमार काफ्ले ‘समर’  पनि सहभागी थिए । बैठकले केन्द्रिय पोलिट व्युरो सदस्य तथा जिल्ला इन्चार्ज दुर्गाप्रसाद चापागाईको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते आयोगद्वारा समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग छलफल अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका गोली लागेर एक जनाको मृत्यु भरुवा बन्दुकसहित पाँच जना पक्राउ सुनचाँदीको मूल्य घट्यो नयाँ वर्ष सन् २०२६ सुरु समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने सरकार सुशासन कायम गर्न र चुनावतर्फउन्मुखः प्रधानमन्त्री कार्की गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा