५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोनस (पाँचौँ संशोधन) विधेयक अर्थ समितिमा

२३ माघ २०७३, आईतवार १०:१३

माघ २३, काठमाडौँ । व्यवस्थापिका–संसद्ले ‘बोनस (पाँचौ संशोधन) विधेयक, २०७३ लाई दफाबार छलफलका लागि अर्थ समितिमा पठाएको छ । 

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको सो विधेयकलाई सर्वसम्मतिले दफाबार छलफलका लागि समितिमा पठाउन स्वीकृति दिएको हो । 

यस्तै वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले प्रस्तुत गर्नुभएको ‘ सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण विधेयक, २०७३ लाई पनि सदनले पारित गरेको छ । 

यसअघि सांसद प्रेम सुवालले उक्त विधेयकले सरकारको दायित्व र लगानीलाई कम गर्दै निजी क्षेत्रलाई बढावा दिने भएकाले यसलाई फिर्ता लिन आग्रह गर्नुभएको थियो । 

सांसद सुवालले उठाउनुभएको प्रश्नको जवाफ दिनुहुँदै मन्त्री भण्डारीले अन्तर्राष्ट्रिय क्षेत्रमा सरकारले जनाएको प्रतिवद्धता र राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर नयाँ विधेयक ल्याइएको बताउनुभयो । 

त्यस्तै बैठकमा संसद्को वातावरण समितिका सभापति जनकराज चौधरीको तर्फबाट समिति सदस्य मानबहादुर विकले ‘वातावरण संरक्षण समितिको वार्षिक प्रतिवेदन, २०७२÷२०७३ लाई प्रस्तुत गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता