माघ २३, काठमाडौं । तराई– मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संसदमा संविधान संशोधन प्रस्ताव पारित नभएसम्म चुनावमा नजाने बताएका छन् । ठाकुरले आफू चुनाव विरो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २३, काठमाडौं । तराई– मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संसदमा संविधान संशोधन प्रस्ताव पारित नभएसम्म चुनावमा नजाने बताएका छन् । ठाकुरले आफू चुनाव विरो"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘संविधान संशोधन प्रस्ताव पारित नभएसम्म चुनाव हुँदैन’ – अध्यक्ष ठाकुर

२३ माघ २०७३, आईतवार १०:५१

माघ २३, काठमाडौं । तराई– मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संसदमा संविधान संशोधन प्रस्ताव पारित नभएसम्म चुनावमा नजाने बताएका छन् । ठाकुरले आफू चुनाव विरोधी नभएको भन्दै स्थानीय निकाय पुनःसंरचना नेपाली जनताको माग नभएको समेत बताए । 

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता ठाकुरले भने 'स्थानीय निकायको पुनःसंरचना जनताको माग होइन, सङ्घीयतामा सङ्घ र प्रदेशमात्र हुन्छ, स्थानीय निकाय प्रदेश अन्तर्गतको कुरा हो, प्रदेशको संरचना नै नभएको बेला स्थानीय तहको निर्वाचनको के अर्थ रहन्छ ? स्थानीय तहको सरचना निर्माण जुन किसिमले बनाइएको छ, त्यसमा जनसङ्ख्या र भूगोलको आधार मिलेको छैन, पर्सादेखि सुनसरीसम्मका तराईका जिल्लाका जनताको राय सुझाव नै नलिई काठमाडौँमा बसेर आयोगले पुनःसंरचना गरेको छ, आयोगबाट आफू खुसी गरिएकाले पनि विवाद उब्जेको हो ।' 

उनले लोकतन्त्रका लागि आफूले जीवनभर सङ्घर्ष गरेका भन्दै संविधान सशोधन नभई गरिने कुनैपनि निर्वाचनमा संयुक्त लोकतान्त्रिक मोर्चाले भाग नलिने र त्यसको विरोध गर्ने बताए । त्यस्तै उनले सरकारले जोरजवरस्ती रुपमा निर्वाचन गराउन खोजे त्यसले जटिलता निम्त्याउने बताउँदै संवैधानिक र राजनीतिक अधिकार प्राप्तिको विषयलाई पक्राउ र दमनका आधारमा सम्बोधन गर्ने प्रयत्नले समस्या समाधान गर्न सक्दैन भने । 

यसै सन्दर्भमा ठाकुरले कांग्रेस-माओवादी गठबन्धन सरकारले संशोधन प्रस्ताव पारित गराउनै पर्ने बताए । उनले भने, ‘संविधान संशोधन प्रस्ताव पारित नभएसम्म चुनाव हुँदैन, पहिला संशोधन प्रस्ताव पारित गर्नुपर्छ, संशोधन प्रस्तावमा छलफल गरेर यदि पारित भए पनि नभएपनि चुनावमा मोर्चा जान्छ भनेर कसैले सोचेको छ भने त्यो सपना दिवा सपना हो ।’उनले भने, ‘राजनीतिक समस्याको समाधान राजनीतिक रुपमै हल गर्नुपर्छ, संवैधानिक समस्याको समाधान पनि संवैधानिक रुपमै गर्नुपर्छ, अहिलेको समस्या पनि राजनीतिक हो, त्यसैले यसको समाधान राजनैतिक रुपमै हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता