दिनेश ठकुल्ला/माघ २४, धनगढी । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको त्रिभुवन विश्व विद्यालयले फागुन १४ गतेको मिति तोकेर चुनावी तालिका पनि सार्वजनिक गरेसँगै क्याम्पस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला/माघ २४, धनगढी । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको त्रिभुवन विश्व विद्यालयले फागुन १४ गतेको मिति तोकेर चुनावी तालिका पनि सार्वजनिक गरेसँगै क्याम्पस"/>
२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यार्थी नेता भन्छन- अव ढुङ्गामुढाको राजनीति छोड्छौँ

२०७३, २४ माघ सोमबार ०६:३०

दिनेश ठकुल्ला/माघ २४, धनगढी । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको त्रिभुवन विश्व विद्यालयले फागुन १४ गतेको मिति तोकेर चुनावी तालिका पनि सार्वजनिक गरेसँगै क्याम्पसहरुमा राजनीतिको चहलपहल बढेको छ । 

क्याम्पसहरु राजनीतिको गर्मिले तात्तिएका छन । करिव ८ वर्षपछि चुनाव हुनलागेपछि सुदूरपश्चिमका क्याम्पसहरुमा पनि चुनावको चर्चा परिचर्चा सुरु भएको छ । विद्यार्थीको हकहितका लागि स्थापना भएका विद्यार्थी सगठनले माउ पाटीको लहलहैमा लागेर ढुंगामुढा गर्ने, कलेजलाई लडाइको मैदान बनाउने, शैक्षिक भन्दा राजनीतिका गफ नै बढी दिने, क्याम्पमा प्राध्यापक र कर्मचारीको सरुवा बढुवामा हस्तक्षेप गर्ने, विद्यार्थी हकहितका लागि आएको पैसा हिनामिना गर्ने गरेको आरोप लाग्दै आएको छ । 

तर, अवको चुनावपछि भने विद्यार्थी सगठनहरुले स्ववियुको अबको नेतृत्व राजनीति भन्दा शैक्षिक विकासमा केन्द्रित हुने दावी गरेका छन । उनीहरुले ढुंगामुढा र राजनीतिक गफ मात्रै गर्ने परम्परालाई हटाउने दावी गर्दै शैक्षिक विकाशमा कटिवद्ध भएर लाग्ने प्रतिवद्धता जनाएका छन । 

गत हप्ता त्रिविले स्ववियू निर्वाचनको मिति घोषणा भएदेखि क्याम्पसमा मात्रै हैन,  चिया पसलमा पनि स्ववियू चुनावको बहस चल्न थालि सकेको छ । क्याम्पसको गेटभित्र छिर्ने विद्यार्थीलाई प्रभावित गर्न चिल्ला कुरा गर्नेको त झन कमि छैन, पुराना विद्यार्थीलाई फकाउने र नयाँ विद्यार्थीलाई प्रभावित पारेका दृश्य पनि कम्ता रमाइला छैनन् । विहानदेखि साझसम्म विद्यार्थी नेताहरु क्यापम्समा व्यस्त देखिन्छन । 

सानो संसद भनेर चिनिने स्ववियुको चुनावको त्रिवीले फागुन १४ गतेको मिति तोकेर चुनावी तालिका पनि सार्वजनिक गरेसँगै क्याम्पसहरु राजनीतिको गर्मिले तात्तिएका हुन् । तर यसरी तामझाम गरेर, लाखौं रुपैयाँ खर्च गरेर अनि नेताहरुको सोर्सफोर्समा गरिने स्ववियु चुनावले विद्यार्थीलाई ढुंगामुढा गर्न मात्रै सिकाएको भन्दै विरोध पनि भैरहेको छ । अहिलेसम्म स्वतन्त्र विद्यार्थी युनियन राजनीति गर्नको लागि मात्रै सक्रिय रहेको तर शैक्षिक गतिविधिमा निष्कृय रहेको भन्दै चौतर्फी आलोचना सुन्न पाइन्छ । विद्यार्थी नेताहरुले भने अव आफुहरुलाई ढुङगामुडाको राजनीतिबाट शैक्षिक राजनीतिमा ल्याउने बताएका छन । 

उनीहरुले. आफनो एजेण्डा नै शिक्षा क्षेत्रमा रहेका विकृति विसङगति अन्त्य गर्ने रहेको माओवादी केन्द्र निकट विद्यार्थी सङगठन अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष घनश्याम भट्टले बताउनुभयो  । फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनको मिति नजिकीदै जादाँ सुदूरपश्चिमकै ठुलो कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियनको चुनावी सरगर्मी बढेको छ । यस क्षेत्रका अन्य धनगढीका अन्य क्याम्पसहरु भन्दा कैलाली बहुमुखी क्याम्पसमा स्वबियुको चहलपल निकै बढेको हो । 

नेपाली काँग्रेसको नेपाल विद्यार्थी संघ, नेकपा एमालेको अनेरास्ववियु र नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरु निर्वाचनमा होमिएका छन भने मतदाता आफनो पक्षमा बनाउन प्रयासरत छन । 

आजसम्म परिवर्तनको लागि लडेको र अब भने विद्यार्थीको हकहितको लागि लड्ने भन्दै विद्यार्थी संगठनहरुका नेताहरु मत बटुल्नमा लागेका छन ।  निरङकुश व्यवस्थाको अन्त्य, लोकतन्त्र र गणतन्त्रको स्थापनाका लागि लडदा राजनीतिक मुद्धा ओझेलमा परेकोले निर्वाचनपछि शैक्षिक बेरोजगारी, शिक्षा क्षेत्रमा लगानी भित्र्याउने र क्याम्पसको शैक्षिक र भौतिक विकाशको लागि लाग्ने विद्यार्थी नेकपा एमालेको  विद्यार्थी सगठन अनेरास्वबिू कैलालीका निवर्तमान अध्यक्ष  चुडामणी भट्टले बताउनुभयो । 

माउ पाटीको लहलहैमा लागेर ढुंगामुढा गर्ने, कलेज लडाइको मैदान हुने, शैक्षिक भन्दा राजनीतिका गफ नै बढी दिने, क्याम्पमा प्राध्यापक र कर्मचारीको सरुवा बढुवामा हस्तक्षेप गन संस्कृति बढेपछि स्ववियुको औचित्यमाथि प्रश्न पनि उठ्न थालेको छ । 

विद्यार्थी सगठनले भने यसको बचाउ गर्दै ढुंगामुढा गर्ने र राजनीतिक गफ मात्रै गर्ने परम्परालाई हटाउनुपर्नेमा नेपाल बिद्यार्थी संघ कैलालीका कार्यबहाक अध्यक्ष भेष बम जोड दिनुहुन्छ  । आगामी फागुन १४ गते नयाँ र आफ्नो हकहितको लागि बोल्लान कि भने आशाले  विद्यार्थीले भोट हाल्दैछन् । 

२ र २ वर्षमा हुनुपर्ने भएपनि ८ वर्षसम्म हुन नसकेको स्ववियु चुनाव हुन लाग्दा विद्यार्थीहरु उत्साहित छन् । स्ववियुको अबको नेतृत्वले राजनीति भन्दा शैक्षिक विकासलाई महत्व देओस् भन्ने सबैको चाहना छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन