माघ २४, जनकपुरधाम । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले देश मधेसको विखण्डन गर्ने कुरा अनावश्यक, अनर्गल र औचित्यहिन भएको बताउनुभएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २४, जनकपुरधाम । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले देश मधेसको विखण्डन गर्ने कुरा अनावश्यक, अनर्गल र औचित्यहिन भएको बताउनुभएको छ । 

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेसको विखण्डनको कुरा औचित्यहिन: गृहमन्त्री

२४ माघ २०७३, सोमबार १०:२४


माघ २४, जनकपुरधाम । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले देश मधेसको विखण्डन गर्ने कुरा अनावश्यक, अनर्गल र औचित्यहिन भएको बताउनुभएको छ । 

उहाँले सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय धनुषाको नवनिर्मित भवनको आज जनकपुरधाममा उद्घाटन गर्दै उक्त कुरा बताउनुभएको हो । उपप्रधानमन्त्री निधिले आन्दोलनको दुरूपयोग गरेर कसैले राष्ट्रिय अखण्डतालाई बिथोल्न खोजेमा सरकार चुप लागेर नबस्ने चेतावनी दिनुभयो । 

उहाँले मधेस नेपालको हो, मधेसी भू–भाग नेपालको हो भन्ने भावनाविपरीत कसैले खण्डित गर्ने कुरा गरेमा सरकार सहन सक्दैन भन्नुभयो । हिमाल, पहाड र मधेस नेपालको हो भन्ने भावनाविपरीत प्रतिगमन शक्ति, उग्रवादी र उग्रवामपन्थी शक्ति उद्यत् रहेकाले सोप्रति सजग हुनु जरूरी भएको धारणा उहाँले राख्नुभयो । 

उहाँले संविधान संशोधन गरी ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्नु सबैको जिम्मेवारी भएकाले आगामी माघ ७ गतेसम्म स्थानीय, प्रदेश र सङ्घीय संसद्को निर्वाचन गरिसक्नुपर्ने खाँचो औँल्याउनुभयो । 

उपप्रधानमन्त्री निधिले कमी कमजोरीलाई सच्याउँदै अगाडि बढदै जाने लोकतान्त्रिक प्रणलीको मूल चरित्र हुने भएकाले सो चरित्रलाई सबैले आत्मसात गर्नु आवश्यक भएको प्रसङ्ग पनि उल्लेख गर्नुभयो । 

सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र रूद्र बाहिनीका बाहिनीपति बाबुराम पाण्डेले नेपालको भारतसँग जोडिएको सिमानामा हुने अवैध गतिविधि, आपराधिक कार्यविरूद्ध सशस्त्र प्रहरी सक्रिय रहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता