माघ २४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारमा आफ्नो पार्टीको उपस्थितिको औचित्य सकिएकोले छिट्टै मन्त्री"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारमा आफ्नो पार्टीको उपस्थितिको औचित्य सकिएकोले छिट्टै मन्त्री"/>
२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारमा बस्ने औचित्य समाप्त भयो: डा. लोहनी

२०७३, २४ माघ सोमबार १२:१५

माघ २४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारमा आफ्नो पार्टीको उपस्थितिको औचित्य सकिएकोले छिट्टै मन्त्रीहरुलाई फिर्ता बोलाउने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै राष्ट्रिय अध्यक्ष लोहनीले सरकारमा राप्रपाको उपस्थिति भएपनि कुनैपनि कुरामा साझेदारी नभएको गुनासो पोखे । उनले भने,‘सरकारको महत्वपूर्ण काम तथा निर्णयहरुमा राप्रपाको कुनै साझेदारी देखिएन्, त्यसैले सरकारमा रहीरहने कुरा अब स्विकार गर्न सकिँदैन्, यसबारेमा पार्टीभित्रपनि गम्भिर कुरा उठेको छ ।’

 लोहनीले आफ्नो पार्टी अब सरकारमा रहने कि नरहने भन्नेबारेमा पार्टीभित्रको कार्य सम्पादन समितिको बैठकले निर्णय गर्ने जनाए । उनले थपे,‘यो सरकारको तौर/तरिका हेर्दा अब हाम्रो पार्टी सरकारमा बस्ने औचित्य समाप्त भयो ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको नियत नै चुनाव गर्ने खालको नभएको आरोप लगाए । डा. लोहनीले थपे,‘संवैधानिक आयोगले अघि सारेको प्रतिवेदनको निहुँ निकालेर अहिले विभिन्न बखेडा झिक्ने काम भैरहेको छ, यो चुनाव पन्छ्याउने काम हो ।’

उनले संसदमा टेबुल भएको संविधान संशोधन विद्येयकको कुनै औचित्य नै नरहेको दाबी गरे । लोहनीले थपे,‘अहिले अघि सारिएको संशोधनले मुलुकको हित गर्दैन्, संशोधनमा उल्लेख गरिएको कतिपय विषयहरुले देशको राष्ट्रिय हित गर्दैन् ।’ उनले ५ नम्बर प्रदेशको सिमांकन हेरफेरको विषय र नागरिकताको प्रावधान गलत भएको टिप्पणी गरे ।

उनले आफ्नो पार्टी संविधान संशोधनको विपक्षमा नरहेको जिकिर गर्दै भने,‘हामी पनि संविधान संशोधन गर्नुहुँदैन भन्ने पक्षमा छैनौं, तर अहिले संशोधन प्रस्तावलाई एक ठाउँमा थाँती राखेर निर्वाचनमा जानुपर्छ, अहिले जनताको माँग भनेको नै चुनाव हो ।’ उनले मधेश र पहाडलाई अलग पार्ने कुरा कुनै हालतमा स्विकार्य नहुने समेत जिकिर गरे। उनले थपे,‘यस्तो प्रस्तावको पक्षमा हामी छैनौं ।’

उनले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई चुनाव गराउँदा आफूले छोड्नुपर्ने हो कि भन्ने पीर देखिएको आशंका व्यक्त गर्दै भने,‘सरकारको यो प्रवृत्ति दुर्भाग्यपूर्ण छ ।’

डा. लोहनीले पछिल्लो समय सरकारी अक्षमता बढिरहेको समेत गुनासो पोखे । उनले भने,‘जनताले कर तिरेको पैसाबाट दुई खर्ब पैसा ढुकुटीमा बसिरहेको छ, खर्च गर्न नसक्दा बैंकमा व्याज बढिरहेको छ ।’उनले सरकारसँग विकासका योजना नहुँदा सुशासनको ठाउँमा कुशासन र ईमानको सट्टा बेईमान बढेको बताए ।

उनले भुकम्प पीडितहरुले राहत नपाएको समेत गुनासो पोखे। लोहनीले थपे,‘भुकम्पपीडितले राहत नपाउनु भनेको सरकारको लाचारीपन हो, यो सरकारको नालायकीपन हो ।’ उनले सरकारले जनताको नाममा खेलाँसी गरिरहेको आरोप लगाए । 

लोहनीले थपे,‘भुकम्पपीडितलाई राहत दिनुभन्दापनि हाकिम फेर्नतिर लागे, यसरी कसरी हुन्छ ?’ फरक प्रसँगमा डा. लोहनीले पार्टीको महाधिवेशनमा आफूले अध्यक्षको उम्मेद्धवारी दिने समेत बताए । उनले भने,‘यो पार्टीलाई राष्ट्रवादी शक्तिको रुपमा स्थापित् गर्न र खासगरी सम्र्वद्धनवादी दल बनाउनको लागि नेतृत्व गरौं भन्ने मेरो चाहना छ, तर म यसबारेमा दुई/तीन दिनभित्रै निर्णय गर्छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन