पर्वत । राष्ट्रिय जनमुक्ति पार्टी मगरात राज्य परिषदको दोस्रो अधिवेशन तथा भेला पर्वतको कुश्मामा सम्पन्न भएको छ । यहि माघ २२ र २३ गते कुश्माममा भएको भेलाले इन्द्र बहादुर मास्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । राष्ट्रिय जनमुक्ति पार्टी मगरात राज्य परिषदको दोस्रो अधिवेशन तथा भेला पर्वतको कुश्मामा सम्पन्न भएको छ । यहि माघ २२ र २३ गते कुश्माममा भएको भेलाले इन्द्र बहादुर मास्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिक"/>
६ कार्तिक २०८१, मंगलवार
पर्बत - PBT

राष्ट्रिय जनमुक्ति पार्टीको मगरात राज्य परिषद पर्वतमा सम्पन्न

२५ माघ २०७३, मंगलवार ०५:३७

पर्वत । राष्ट्रिय जनमुक्ति पार्टी मगरात राज्य परिषदको दोस्रो अधिवेशन तथा भेला पर्वतको कुश्मामा सम्पन्न भएको छ । यहि माघ २२ र २३ गते कुश्माममा भएको भेलाले इन्द्र बहादुर मास्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा तुलबहादुर सुनारी, मिना थापा रहेका छन् । त्यस्तै सचिवमा टक थापा(विरकट्टा) सहसचिवमा प्रज्ञा शाक्य, कोषाध्यक्षमा चेत बहादुर सारु, सहकोषाध्यक्षमा विष्णु माया थापा रहेको छन्। 

 मगरात जनपरिषदको कुश्मामा भएको भेलाले ९ बुदेँ राजनीतिक प्रस्ताब समेत पारित गरेको छ । आइतबार पत्रकार सम्मेलन गरी जनमुक्ति पार्टीले मगरात राज्य परिषदले पारितक गरेका राजनीतिक प्रस्ताब बारे प्रेस विज्ञप्ती निकाली जानकारी गराएको हो ।

मगरात राज्य अन्तरगत १२ जिल्लाका प्रतिनिधी कार्यक्रममा सहभागी भएका थिए । मगरात परिषद भेलाले ९ बुदेँ राजनीतिक प्रस्ताब समेत पारित गरेको छ ।

जसमा संविधानसभावाट गठित राज्यको पुर्नसंरचना तथा राज्य शक्ति बाँडफाँड समिति र राज्य पुर्नसंरचना उच्चस्तरीय आयोगको प्रतिवेदन अनुसारको प्रदेश निर्माण तथा नेपालको अन्तरिम संविधान ०६३ को धारा १३८  अनुसारको प्रदेशनहरु निर्माण गर्नुपर्ने, आदीबासी जनजाति, खसआर्य लगायतका क्लस्टरमा आधारित प्रतिनिधित्व हुनेगरी ५ सदस्यीय राष्ट्रपति मण्डल र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने, जातीय संख्याका आधारमा समानुपातिक प्रतिनिधित्व भएको निर्वाचन प्रणाली संवैधानिक रुपमै कायम गर्ने, नेपालको संविधानको धर्मनिरपेक्षता सम्बन्धि स्पष्टीकरण हटाउनुपर्ने, नेपालमा बोलिने सवै मातृभाषालाई सरकारी कामकागजको भाषा बनाउनु संवैधानिक व्यवस्था, निर्वाचनमा थ्रेसहोल्ड राख्न नुहुने, स्थानीय निकायको नभइ पहिले संघीय संसद र प्रदेशहरुको हुनुपर्ने, पूर्व शैनिक मन्त्रालय गठन गर्नुपर्ने लगायतका प्रस्ताबहरु पारित गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै