माघ २५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानले तोकेको समयभित्रै निर्वाचन हुनेमा कुनै आशंका नगर्न आग्रह गरेका छन् ।

निर्वाचन आयोगले विद्युत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानले तोकेको समयभित्रै निर्वाचन हुनेमा कुनै आशंका नगर्न आग्रह गरेका छन् ।

निर्वाचन आयोगले विद्युत"/>

२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन हुन्छ, शंका नगर्नोस्: प्रधानमन्त्री

२०७३, २५ माघ मंगलवार ०८:४२

माघ २५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानले तोकेको समयभित्रै निर्वाचन हुनेमा कुनै आशंका नगर्न आग्रह गरेका छन् ।

निर्वाचन आयोगले विद्युतीय मतदान प्रणालीबारे छलफल गर्न मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले सबै राजनीतिक दललाई समेटेर निर्वाचनमा जाने तयारी सरकारले गरेकाले निर्वाचन नै नहुने भन्ने शंका नगर्न आग्रह गरेका हुन् ।

उनले निर्वाचनको कामलाई अघि बढाउन निर्वाचन आयोगलाई निर्देशन पनि दिए । प्रधानमन्त्री दाहालले निर्वाचनबाटै संविधान कार्यान्वयन हुने भएकाले सरकार त्यसमा प्रतिबद्ध रहेको जानकारी दिए । उनले निर्वाचनमा सबैले सहयोग गर्नुपर्ने पनि बताए ।

२१औं शताब्दीमा गरिने निर्वाचनलाई व्यवस्थित बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै विद्युतीय भोटिङबाटै मतदान गराउन सरकार तयार रहेको बताए । सबै राजनीतिक दलसँग छलफल गरेपछि यसबारे ठोस निर्णय गरिने उनको भनाइ थियो ।

कार्यक्रममा प्रमूख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले विद्युतीय भोटिङ मेसिनले निर्वाचन स्वच्छ, पारदर्शी, निष्पक्ष, छिटो र कम खर्चिलो हुने भन्दै आयोगले सरकार र व्यवस्थापिका–संसदले दिने निर्णय कार्यान्वयन गर्न निर्वाचन आयोग तयार रहेको जानकारी दिए । 

कार्यक्रममा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि लगायतले विद्युतीय भोटिङ मेसिनका प्राविधिक पक्षबारे जानकारी लिएका थिए भने निर्वाचन आयोगका तर्फबाट विद्युतीय भोटिङ मेसिनका विशेषताबारे जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ