माघ २५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानले तोकेको समयभित्रै निर्वाचन हुनेमा कुनै आशंका नगर्न आग्रह गरेका छन् ।

निर्वाचन आयोगले विद्युत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानले तोकेको समयभित्रै निर्वाचन हुनेमा कुनै आशंका नगर्न आग्रह गरेका छन् ।

निर्वाचन आयोगले विद्युत"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन हुन्छ, शंका नगर्नोस्: प्रधानमन्त्री

२५ माघ २०७३, मंगलवार ०८:४२

माघ २५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानले तोकेको समयभित्रै निर्वाचन हुनेमा कुनै आशंका नगर्न आग्रह गरेका छन् ।

निर्वाचन आयोगले विद्युतीय मतदान प्रणालीबारे छलफल गर्न मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले सबै राजनीतिक दललाई समेटेर निर्वाचनमा जाने तयारी सरकारले गरेकाले निर्वाचन नै नहुने भन्ने शंका नगर्न आग्रह गरेका हुन् ।

उनले निर्वाचनको कामलाई अघि बढाउन निर्वाचन आयोगलाई निर्देशन पनि दिए । प्रधानमन्त्री दाहालले निर्वाचनबाटै संविधान कार्यान्वयन हुने भएकाले सरकार त्यसमा प्रतिबद्ध रहेको जानकारी दिए । उनले निर्वाचनमा सबैले सहयोग गर्नुपर्ने पनि बताए ।

२१औं शताब्दीमा गरिने निर्वाचनलाई व्यवस्थित बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै विद्युतीय भोटिङबाटै मतदान गराउन सरकार तयार रहेको बताए । सबै राजनीतिक दलसँग छलफल गरेपछि यसबारे ठोस निर्णय गरिने उनको भनाइ थियो ।

कार्यक्रममा प्रमूख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले विद्युतीय भोटिङ मेसिनले निर्वाचन स्वच्छ, पारदर्शी, निष्पक्ष, छिटो र कम खर्चिलो हुने भन्दै आयोगले सरकार र व्यवस्थापिका–संसदले दिने निर्णय कार्यान्वयन गर्न निर्वाचन आयोग तयार रहेको जानकारी दिए । 

कार्यक्रममा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि लगायतले विद्युतीय भोटिङ मेसिनका प्राविधिक पक्षबारे जानकारी लिएका थिए भने निर्वाचन आयोगका तर्फबाट विद्युतीय भोटिङ मेसिनका विशेषताबारे जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता