२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

स्थानीय निकायका कर्मचारी आन्दोलित

२०७३, २७ माघ बिहीबार ०७:३४

प्रकाश धौलाकोटी | माघ २७, तेह्रथुम | स्थानीय निकायका कर्मचारी तीन दिनदेखि आन्दोलनमा उत्रिएका छन् । मंगलबारदेखि कालो पट्टी बाँधेर विरोध जनाउँदै आन्दोलन थालेका कर्मचारीले विहीबार विहान एक घण्टा काम ठप्प पारेका छन् ।

स्थानीय निकायमा कार्यरत अस्थायी तथा करारमा रहेका कर्मचारीहरुलाई विना शर्त स्थायी गर्नुपर्ने लगायतका विभिन्न पाँच बुँदे माग गर्दै कर्मचारीहरुले आन्दोलित बनेका हुन् । विहीबार विहान १० बजेदेखि ११ बजेसम्म जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समितिका अस्थायी र करारका कर्मचारीले काम ठप्प पार्दा सेवाग्राही भने मारमा परेका छन् । 

देशभर स्थानीय निकायमा कार्यरत करिब ६ हजार अस्थायी तथा करारका कर्मचारीलाई स्थायी गर्नुपर्ने माग गरिएको स्थानीय निकाय कर्मचारी संघ तेह्रथुमका जिल्ला अध्यक्ष खगेन्द्रराज भण्डारीले बताउनुभयो । ‘हामीले आफ्नो जीवनको ऊर्जाशील समय राज्यको सेवामा बिताएका छौं, उहाँले भन्नुभयो, ‘सोही आधारमा हामीलाई निमामति सो सरह स्वतः स्थायी गरिनुपर्छ भन्ने हाम्रो माग हो ।’ उहाँले नयाँ बन्ने संरचनामा आफ्ना सेवा, सुविधा, वृत्ति विकास सुनिश्चित हुनुपर्ने माग आफुहरुले राखेको बताउनुभयो । शुक्रबार दुई घण्टा काम अवरुद्ध पार्ने उहाँले बताउनुभयो । 

कर्मचारीहरुले स्थानीय तहका संरचनामा कर्मचारीको व्यवस्थापन र समायोजन गर्दा जिविस, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाविसमा कार्यरत स्थायी, अस्थायी र करार कर्मचारीलाई पहिलो प्राथमिकतामा राखी व्यवस्थापन र समायोजन गरिनु पर्ने समेत माग राखेका छन् । 

कर्मचारी व्यवस्थापन गर्दा ज्येष्ठता, योग्यता तथा कार्यसम्पादन मूल्याङ्कनका आधारमा श्रेणी मिलान गरिनु पर्ने, समायोजनमा जान नचाहने कर्मचारीलाई विशेष सुविधा दिई अवकाशको सुविधा दिनुपर्ने, स्थानीय तहका दरबन्दीलाई प्रदेशस्तरमा एकीकृत गरी निश्चित प्रणालीका आधारमा पदस्थापन र सरुवाको व्यवस्था गरिनु पर्ने माग अघि सारिएको अध्यक्ष भण्डारीले बताए । जिल्लामा स्थानीय निकाय ट्रेड युनियन केन्द्रिय समितिको आव्हानमा जिल्ला आन्दोलन परिचालन समन्वय समितिको अगुवाईमा आन्दोलन भइरहेको उहाँले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ