२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा तेह्र दल दर्ता

२०७३, २९ माघ शनिबार ०३:५६

प्रकाश धौलाकोटी/माघ २९, तेह्रथुम । निर्वाचन आयोगमा तेह्रथुमका १३ वटा राजनीतिक दल दर्ता भएका छन् । आयोगले आफु मातहतका जिल्ला निर्वाचन कार्यालयहरु मार्फत भावी निर्वाचनलाई लक्षित गर्दै जिल्लामा कुन–कुन दल सक्रिय छन् भन्ने विवरण संकलन गरेको हो ।

जस अनुसार तेह्रथुममा १३ वटा दल दर्ता भएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले बताए । दलहरुको सक्रियता सम्बन्धी विवरण संकलन गरेपछि अब निर्वाचन घोषणासँगै कुन ठाउँमा कुन–कुन दलको उम्मेद्धारी हुन्छ भन्ने टुंगो लगाउने सोही अनुसार मतपत्र तयार गर्नुपर्ने भएकाले आयोगले सक्रिय राजनीतिक दलहरुको विवरण तयार गरेको हो । 

जिल्ला निर्वाचन अधिकारी राईका अनुसार तेह्रथुममा दर्ता भएका दलहरुमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय जनमुक्ति पार्टी, नयाँ शक्ति नेपाल, संघीय समाजवादी फोरम नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च सम्बद्ध संघीय लिम्बुवान मञ्च, मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), नेकपा माक्सबादी–लेनिनबादी (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी माक्सवादी, नेपाल कम्युनिष्ट पार्टी (माले) जनसमाजवादी र राष्ट्रिय जनमोर्चा नेपाल रहेका छन् । यी बाहेक धनकुटामा केन्द्रित रहेका पुर्वका विभिन्न जिल्लाका काम गरिरहेको पुर्व राष्ट्रि सेवक लोकतान्त्रिक पार्टी समेत रहेको उनले जानकारी दिए । 

दलहरु दर्तामा छुटे जिल्लामा हुने निर्वाचनमा सहभागी हुनपनि छुट्नेछन् । विशेषगरि लामो समयपछि हुने भनिएको स्थानीय निकायको निर्वाचनलाई लक्षित गरेर तयारी भइरहेको निर्वाचन अधिकारी राईले बताए । देशभरबाट निर्वाचन आयोगमा दर्ता भएका दलहरुको संख्या भने एक सय १२ पुगेको छ । त्यसमध्ये तेह्रथुम जिल्लामा १३ वटा मात्रै दलहरु सक्रिय रहेका हुन् । देशभर मध्ये सबैभन्दा बढी काठमाडौंमा ४५ र सबैभन्दा कम मनाङमा ६ वटा मात्रै दलहरु रहेको आयोगले जनाएको छ । 

आयोगले १७ माघभित्र दलहरूलाई अद्यावधिक हुन समयसीमा तोकेको थियो । जसअनुसार दलहरूले जिल्ला निर्वाचन कार्यालयमा अद्यावधिक गरेका हुन् । पुर्वका संखुवासभामा १८, भोजपुरमा १३, धनकुटामा १७, मोरङमा ३६, सुनसरीमा ३७, सप्तरीमा ३१, ताप्लेजुङमा १२, पाँचथरमा १४, इलाममा १७ र झापामा ३१ वटा दलहरु दर्ता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने