१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा तेह्र दल दर्ता

२९ माघ २०७३, शनिबार ०३:५६

प्रकाश धौलाकोटी/माघ २९, तेह्रथुम । निर्वाचन आयोगमा तेह्रथुमका १३ वटा राजनीतिक दल दर्ता भएका छन् । आयोगले आफु मातहतका जिल्ला निर्वाचन कार्यालयहरु मार्फत भावी निर्वाचनलाई लक्षित गर्दै जिल्लामा कुन–कुन दल सक्रिय छन् भन्ने विवरण संकलन गरेको हो ।

जस अनुसार तेह्रथुममा १३ वटा दल दर्ता भएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले बताए । दलहरुको सक्रियता सम्बन्धी विवरण संकलन गरेपछि अब निर्वाचन घोषणासँगै कुन ठाउँमा कुन–कुन दलको उम्मेद्धारी हुन्छ भन्ने टुंगो लगाउने सोही अनुसार मतपत्र तयार गर्नुपर्ने भएकाले आयोगले सक्रिय राजनीतिक दलहरुको विवरण तयार गरेको हो । 

जिल्ला निर्वाचन अधिकारी राईका अनुसार तेह्रथुममा दर्ता भएका दलहरुमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय जनमुक्ति पार्टी, नयाँ शक्ति नेपाल, संघीय समाजवादी फोरम नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च सम्बद्ध संघीय लिम्बुवान मञ्च, मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), नेकपा माक्सबादी–लेनिनबादी (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी माक्सवादी, नेपाल कम्युनिष्ट पार्टी (माले) जनसमाजवादी र राष्ट्रिय जनमोर्चा नेपाल रहेका छन् । यी बाहेक धनकुटामा केन्द्रित रहेका पुर्वका विभिन्न जिल्लाका काम गरिरहेको पुर्व राष्ट्रि सेवक लोकतान्त्रिक पार्टी समेत रहेको उनले जानकारी दिए । 

दलहरु दर्तामा छुटे जिल्लामा हुने निर्वाचनमा सहभागी हुनपनि छुट्नेछन् । विशेषगरि लामो समयपछि हुने भनिएको स्थानीय निकायको निर्वाचनलाई लक्षित गरेर तयारी भइरहेको निर्वाचन अधिकारी राईले बताए । देशभरबाट निर्वाचन आयोगमा दर्ता भएका दलहरुको संख्या भने एक सय १२ पुगेको छ । त्यसमध्ये तेह्रथुम जिल्लामा १३ वटा मात्रै दलहरु सक्रिय रहेका हुन् । देशभर मध्ये सबैभन्दा बढी काठमाडौंमा ४५ र सबैभन्दा कम मनाङमा ६ वटा मात्रै दलहरु रहेको आयोगले जनाएको छ । 

आयोगले १७ माघभित्र दलहरूलाई अद्यावधिक हुन समयसीमा तोकेको थियो । जसअनुसार दलहरूले जिल्ला निर्वाचन कार्यालयमा अद्यावधिक गरेका हुन् । पुर्वका संखुवासभामा १८, भोजपुरमा १३, धनकुटामा १७, मोरङमा ३६, सुनसरीमा ३७, सप्तरीमा ३१, ताप्लेजुङमा १२, पाँचथरमा १४, इलाममा १७ र झापामा ३१ वटा दलहरु दर्ता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता : संयोजक दाहाल जलविद्युत् परियोजनाका चुनौती सहमतिमै समाधान गर्नुपर्छ : मन्त्री घिसिङ फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल विकास दीर्घकालीन हुनुपर्छः मुख्यमन्त्री कार्की इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ : ट्रम्प समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि निर्देशिका जारी छेकम्पारमा आगलागी हुँदा एकजना घाइते जेनजी आन्दोलनका सहिदः ज्याला–मजदुरीदेखि देशका लागि बलिदान बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान मिर्गाैला पीडितहरुद्वारा सहयोगको याचना ‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’ किमकी छोरी उत्तराधिकारी सङ्केत कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु ‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’ गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि