माघ २९, सर्लाही । सर्लाहीको पश्चिमी क्षेत्र गडहिया डुमरियामा विद्यालय व्यवस्थापन समिति चयनको विषय लिएर दुई पक्षबीच विवाद हुँदा भएको झडप एक दर्जनभन्दा बढी अभिभावक घाइ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २९, सर्लाही । सर्लाहीको पश्चिमी क्षेत्र गडहिया डुमरियामा विद्यालय व्यवस्थापन समिति चयनको विषय लिएर दुई पक्षबीच विवाद हुँदा भएको झडप एक दर्जनभन्दा बढी अभिभावक घाइ"/>
२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

व्यवस्थापन समिति चयनमा विवाद हुँदा झडप, दर्जनबढी घाइते

२०७३, २९ माघ शनिबार ०८:२४

माघ २९, सर्लाही । सर्लाहीको पश्चिमी क्षेत्र गडहिया डुमरियामा विद्यालय व्यवस्थापन समिति चयनको विषय लिएर दुई पक्षबीच विवाद हुँदा भएको झडप एक दर्जनभन्दा बढी अभिभावक घाइते भएका छन् ।

डुमरियास्थित श्री जनता उच्च माध्यमिक विद्यालयमा व्यवस्थापन समिति गठनको विषयलाई लिएर शुक्रबार कांग्रेस सांसद अमरेशकुमार सिंह र तराई मधेस सद्भावना पार्टीका पूर्वसांसद शिवपूजन रायबीच विवाद हुँदा झडप भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।  

स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास तथा लाठी चार्ज गरेको थियो । सिंह सोही निर्वाचन क्षेत्रका निर्वाचित सांसद हुन् भने डुमरियाका राय पहिलो संविधानसभामामा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । 

व्यवस्थापन समिति सदस्य छान्ने क्रममा भागबन्डा नमिल्दा सांसद सिंह र पूर्वसांसद राय पक्षबीच झडप भएको बताइएको छ । विद्यालयले प्रक्रियामै गएर समिति चयन गरेकोले सिंहको मागअनुसार पुनः समिति चयन गर्न रायले नमान्दा झडप भएको हो । 

सांसद सिंहले निर्णय भइसकेको समितिलाई नमान्ने धम्की दिएपछि झडप भएको रायले आरोप लगाएका छन् । धम्कीपूर्ण शैलीमा सिंह र उनका कार्यकर्ता प्रस्तुत भएपछि स्थानीय आक्रोशित भएर प्रतिकारमा उत्रेको रायले जनकारी दिए । फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ