माघ २९, काठमाडौँ । खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका अध्यक्ष आरके खम्बुले तत्कालिन नेकपा माओवादीले आफ्नो पार्टीको कार्यदिशा बोकेका कारण जनयुद्धमा निकै ठूलो सफलता हा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २९, काठमाडौँ । खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका अध्यक्ष आरके खम्बुले तत्कालिन नेकपा माओवादीले आफ्नो पार्टीको कार्यदिशा बोकेका कारण जनयुद्धमा निकै ठूलो सफलता हा"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड–ओली अतिवादका नाइकेः सांसद खम्बु

२९ माघ २०७३, शनिबार ११:४५

माघ २९, काठमाडौँ । खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका अध्यक्ष आरके खम्बुले तत्कालिन नेकपा माओवादीले आफ्नो पार्टीको कार्यदिशा बोकेका कारण जनयुद्धमा निकै ठूलो सफलता हात पारेको र छाडेपछि ओरालो लागेको दाबि गरेका छन् ।

शनिबार संवाद डबलीमा पार्टीमा नव प्रवेशीहरुलाई स्वगत गर्दै सो धारणा राखेका हुन् । खम्बुले वर्तमान नेपालको समस्या ठ्याक्कै माक्र्स, लेनिन र माओले ब्यख्या गरेजस्तै नभई जातीय, क्षेत्रिय र नश्लिय भएको धारणा राखे । खुम्बुले माओवादीले जनयुद्ध थाल्नु पूर्व नै माओवादी र आफूहरुले कार्यगत एकता गरेको बताए ।

प्रचण्ड लगायतका नेतारुलाई जातिय र क्षेत्रिय उत्पिडनबारे बस्तुगत अवस्थामा सहमत गराएको बताउँदै भने, खम्बुले “हामीले प्रचण्ड बाबुरामहरुलाई जातिय मार्चा बनाउन सुझयौं, सोका कारण माओवादीले छोटो समयमै नब्बे प्रतिशत भूभागमा नियन्त्रण जमायो तर शान्तिप्रक्रिया पश्चात ओरालो लाग्यो । शान्ति प्रक्रियापछि प्रचण्डले खोलो तरेको लौरो बिर्सेपछि जातिय मुद्धा विसर्जनवादमा पुग्यो ।”

सांसद समेत रहेका खम्बुले वर्तमान संविधान पूर्ण नभएको बताउँदै परिमार्जन गर्दै लिन सकिने धारणा बताए । खम्बुले प्रचण्ड र केपी ओपी दुबै नेता अतिवाद नाइके भएको दाबी गरे । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले संविधान संशोधन गर्नैपर्ने भन्नु र ओलीले कुनैपनि हालतमा हुँदैन भन्नु दुबै अतिवाद भएको उनको तर्क थियो । प्रचण्ड र ओली अतिवादका नेतृत्वकर्ता भएका कारण समस्या समाधान हुन नसकेको धारणा राखे ।

कार्यक्रममा पार्टीका उपत्यका अध्यक्ष ऋषि खम्बुले देशका समस्या समाधनको लागि जनता एकजुट हुनुपर्ने बताए । केन्द्रीय सदस्य राज्य खम्बु, राज्य राई, साँस्कृतिक प्रालीका श्यम कुमार राई, सोलुखुम्बु अध्यक्ष रामकाजी राईलगायतले पनि धारणा राखेका थिए ।

विभिन्न पार्टी परित्याग गरी ममता राई, मुक्ति सेर राई, इन्दिरा राई, मनिशा सुनुवार, मोहन राई, राकेश पाण्डे, रामकृष्ण बेगारीलगायत दुई दर्जन खम्बुवान मोर्चामा प्रवेश गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता