माघ २९, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले नेपाली कम्युनिष्टले आदर्श, इमान्दार र नैतिकताको राजनीति भुल्दै गएकामा चिन्ता व्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २९, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले नेपाली कम्युनिष्टले आदर्श, इमान्दार र नैतिकताको राजनीति भुल्दै गएकामा चिन्ता व्यक"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्युनिष्टले आदर्श, इमान्दार र नैतिकता भुल्दै गए: खनाल

२९ माघ २०७३, शनिबार ११:५४

माघ २९, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले नेपाली कम्युनिष्टले आदर्श, इमान्दार र नैतिकताको राजनीति भुल्दै गएकामा चिन्ता व्यक्त गर्नुभएको छ । 

आज राजधानीमा सहिद नेत्रलाल ‘अभागी’ स्मृति प्रतिष्ठानले प्रकाशन गरेको ‘राप्ती प्रवाह’ श्रद्धाञ्जलि स्मृति अङ्कको विमोचन गर्दै नेता खनालले स्व नेत्रलालबाट अहिलेका कम्युनिष्टले धेरै कुरा सिक्नुपर्ने बताउनुभयो । 

उहाँले स्व नेत्रलाल राष्ट्र र राष्ट्रियता तथा नेपाली जनताका अधिकार प्राप्तिका लागि निरन्तर लडिरहने बहुआयामिक नेता हुनुहुन्थ्यो भन्नुभयो । 

विसं २००१ मा दाङमा जन्मनुभएका नेत्रलाल २०४१ जेठ ६ गते सहादत हुनुभएको थियो । दङ्गाली जनताबीच माडसावका नामले परिचित नेत्रलाल समाज सुधारक पनि हुनुहन्थ्यो । 

सहिद नेत्रलाल ‘अभागी’ स्मृति प्रतिष्ठानका अध्यक्ष प्रकाश ज्वालाको संयोजकत्वमा आयोजित उक्त विमोचन कार्यक्रममा नेकपा (माले)का नेता, सिपी मैनालीले नेत्रलाल नेपाली कम्युनिष्ट आन्दोलनका अगुवा प्रगतिवादी साहित्यकार र समाज सुधारक अभियन्ता हुनुहुन्थ्यो भन्नुभयो । 

कार्यक्रममा नेकपा माओवादी क्रान्तिकारीका नेता मोहन वैद्यले देशघाती र देशद्रोहीलाई थर्कमान गराउनसक्ने नेत्रलाल जस्तै नेताको अहिले अभाव भएको बताउनभयो । 

हाल दाङको देउखुरी चैलाहीमा सहिद नेत्रलाल स्मृति भवन निर्माण भइरहेको छ । सो भवन निर्माणका लागि सरकारले रु ५० लाख उपलब्ध गराएको थियो । 

विमोचित उक्त पुस्तकका सम्बन्धमा साहित्यकार अमर गिरीले टिप्पणी गर्नुभएको थियो भने कार्यक्रममा वेदराम भुसाल, प्रदीप नेपाल, नारायण शर्मा, रामचन्द्र भट्टराईले स्व नेत्रलालको व्यक्तित्व र प्रकाशित कृतित्वका सम्बन्धमा आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता