माघ २९, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचनको मिति तत्काल घोषणा नगरे वर्तमान सरकारको औचित्य समाप्त हुने चेतावनी दिनुभएको छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २९, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचनको मिति तत्काल घोषणा नगरे वर्तमान सरकारको औचित्य समाप्त हुने चेतावनी दिनुभएको छ । <"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनको मिति घोषणा नभए सरकारको औचित्य समाप्त: थापा

२९ माघ २०७३, शनिबार १२:०२

माघ २९, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचनको मिति तत्काल घोषणा नगरे वर्तमान सरकारको औचित्य समाप्त हुने चेतावनी दिनुभएको छ । 

रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा अध्यक्ष थापाले निर्वाचन गर्न बनेको सरकार निर्वाचन नगरे औचित्य समाप्त हुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “सरकारले संविधान कार्यान्वयन, मधेसी दलले उठाएका मुद्दा समाधान र निर्वाचन तालिका तत्काल सार्वजनिक गर्नुपर्छ ।” 

अध्यक्ष थापाले संविधान कार्यान्वयन र निर्वाचन नभए संविधान पूर्ण असफल हुने बताउनुभयो । उहाँले मधेसी दलसँग वार्ता र निर्वाचनको मिति घोषणा एकैसाथ गर्न सरकारलाई आग्रहसमेत गर्नुभयो । 

उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न एकताको महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको भन्दै महाधिवेशनले पार्टीको वैचारिक सैद्धान्तिक र भावी कार्यदिशासम्बन्धी अवधारणा निर्धारण गर्नुका साथै एकीकृत पार्टीको विधान निर्माण र केन्द्रीय नेतृत्व छान्ने प्रष्ट पार्नुभयो । 

अध्यक्ष थापाले प्रदर्शनी मार्गमा उद्घाटन हुने महाधिवेशनमा प्रमुख राजनीतिक दलका अध्यक्ष, विभिन्न देशका राजनीतिक दलका प्रतिनिधिलाई आमन्त्रण गरिएको बताउनुभयो । उहाँले उद्घाटन सत्रमा दुई लाख जनतालाई उतार्ने गरी पार्टीले गृहकार्य गरिरहेको बताउनुभयो । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले सुशासनको अभावले गर्दा मुलुक सङ्कटमा फस्दै गएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न आलटाल गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “जेठ १५ गतेसम्म स्थानीय निकायको निर्वाचन नभए बजेट आएपछि निर्वाचन गर्न मिल्दैन ।” 

डा महतले संविधान संशोधन गर्न मिल्दैन भन्ने नेकपा (एमाले)को अतिवादी सोचलाई छाड्न आग्रह गर्नुभयो । उहाँले हरेक नेताले आफ्नो व्यक्तिगत र दलगत पूर्वाग्रहलाई छाडेर मुलुकलाई निकास दिनुपर्ने बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता