माघ २९, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचनको मिति तत्काल घोषणा नगरे वर्तमान सरकारको औचित्य समाप्त हुने चेतावनी दिनुभएको छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २९, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचनको मिति तत्काल घोषणा नगरे वर्तमान सरकारको औचित्य समाप्त हुने चेतावनी दिनुभएको छ । <"/>
२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनको मिति घोषणा नभए सरकारको औचित्य समाप्त: थापा

२०७३, २९ माघ शनिबार १२:०२

माघ २९, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचनको मिति तत्काल घोषणा नगरे वर्तमान सरकारको औचित्य समाप्त हुने चेतावनी दिनुभएको छ । 

रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा अध्यक्ष थापाले निर्वाचन गर्न बनेको सरकार निर्वाचन नगरे औचित्य समाप्त हुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “सरकारले संविधान कार्यान्वयन, मधेसी दलले उठाएका मुद्दा समाधान र निर्वाचन तालिका तत्काल सार्वजनिक गर्नुपर्छ ।” 

अध्यक्ष थापाले संविधान कार्यान्वयन र निर्वाचन नभए संविधान पूर्ण असफल हुने बताउनुभयो । उहाँले मधेसी दलसँग वार्ता र निर्वाचनको मिति घोषणा एकैसाथ गर्न सरकारलाई आग्रहसमेत गर्नुभयो । 

उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न एकताको महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको भन्दै महाधिवेशनले पार्टीको वैचारिक सैद्धान्तिक र भावी कार्यदिशासम्बन्धी अवधारणा निर्धारण गर्नुका साथै एकीकृत पार्टीको विधान निर्माण र केन्द्रीय नेतृत्व छान्ने प्रष्ट पार्नुभयो । 

अध्यक्ष थापाले प्रदर्शनी मार्गमा उद्घाटन हुने महाधिवेशनमा प्रमुख राजनीतिक दलका अध्यक्ष, विभिन्न देशका राजनीतिक दलका प्रतिनिधिलाई आमन्त्रण गरिएको बताउनुभयो । उहाँले उद्घाटन सत्रमा दुई लाख जनतालाई उतार्ने गरी पार्टीले गृहकार्य गरिरहेको बताउनुभयो । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले सुशासनको अभावले गर्दा मुलुक सङ्कटमा फस्दै गएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न आलटाल गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “जेठ १५ गतेसम्म स्थानीय निकायको निर्वाचन नभए बजेट आएपछि निर्वाचन गर्न मिल्दैन ।” 

डा महतले संविधान संशोधन गर्न मिल्दैन भन्ने नेकपा (एमाले)को अतिवादी सोचलाई छाड्न आग्रह गर्नुभयो । उहाँले हरेक नेताले आफ्नो व्यक्तिगत र दलगत पूर्वाग्रहलाई छाडेर मुलुकलाई निकास दिनुपर्ने बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन