माघ २९, काठमाडौँ | नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले अहिलेको स्थानीय पुनःसंरचना आयोगको प्रतिवेदन कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २९, काठमाडौँ | नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले अहिलेको स्थानीय पुनःसंरचना आयोगको प्रतिवेदन कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ । 
<"/>
२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय निकायको निर्वाचन सम्भव छ – नेता महत

२०७३, २९ माघ शनिबार १४:५०

माघ २९, काठमाडौँ | नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले अहिलेको स्थानीय पुनःसंरचना आयोगको प्रतिवेदन कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ । 

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेता महतले आयोगका अनुसार अघि बढ्ने हो भने जेठमा चुनाव नै हुन नसक्ने दाबी गर्नुभयो । 

उहाँले स्थानीय निकायको निर्वाचन भने सम्भव भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिँदै त्यसका लागि दलहरुबीच सहकार्य र समन्वय जरुरी रहेको बताउनुभयो । 

सहमतिको बाटो पहिल्याएर भए पनि अघि बढ्नुपर्ने बताउँदै उहाँले भन्नुभयो – “पुनःसंरचना आयोगको प्रतिवेदनलाई अझै मिलाउनुपर्छ, यसलाई मधेसी मोर्चाले स्वीकार गरेको छैन, दलहरुभित्र पनि विवाद छ, यसलाई व्यवस्थापन गर्न नसकेमा चुनाव पनि हुन सक्दैन ।” 

उहाँले आगामी वैशाखको अन्त्यसम्म चुनाव हुन सकेन भने जेठ १५ मा नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएकाले त्यसपछि चुनाव हुन नसक्ने बताउँदै त्यो नैतिकरुपमा उपयुक्त नहुने 

बताउनुभयो । 

पूर्वअर्थमन्त्री महतले संविधान संशोधन प्रक्रिया भनेको लामो समयसम्म जाने भएकाले त्यसलाई पनि रोक्नु नपर्ने विचार व्यक्त गर्दै चुनाव र संशोधन प्रस्ताव सँगसँगै अघि बढाउनुपर्ने र चाँडो चुनावको मिति घोषणा गर्नुपर्नेमा जोड दिनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन