माघ २९, काठमाडौँ | नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले अहिलेको स्थानीय पुनःसंरचना आयोगको प्रतिवेदन कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २९, काठमाडौँ | नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले अहिलेको स्थानीय पुनःसंरचना आयोगको प्रतिवेदन कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ । 
<"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय निकायको निर्वाचन सम्भव छ – नेता महत

२९ माघ २०७३, शनिबार १४:५०

माघ २९, काठमाडौँ | नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले अहिलेको स्थानीय पुनःसंरचना आयोगको प्रतिवेदन कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ । 

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेता महतले आयोगका अनुसार अघि बढ्ने हो भने जेठमा चुनाव नै हुन नसक्ने दाबी गर्नुभयो । 

उहाँले स्थानीय निकायको निर्वाचन भने सम्भव भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिँदै त्यसका लागि दलहरुबीच सहकार्य र समन्वय जरुरी रहेको बताउनुभयो । 

सहमतिको बाटो पहिल्याएर भए पनि अघि बढ्नुपर्ने बताउँदै उहाँले भन्नुभयो – “पुनःसंरचना आयोगको प्रतिवेदनलाई अझै मिलाउनुपर्छ, यसलाई मधेसी मोर्चाले स्वीकार गरेको छैन, दलहरुभित्र पनि विवाद छ, यसलाई व्यवस्थापन गर्न नसकेमा चुनाव पनि हुन सक्दैन ।” 

उहाँले आगामी वैशाखको अन्त्यसम्म चुनाव हुन सकेन भने जेठ १५ मा नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएकाले त्यसपछि चुनाव हुन नसक्ने बताउँदै त्यो नैतिकरुपमा उपयुक्त नहुने 

बताउनुभयो । 

पूर्वअर्थमन्त्री महतले संविधान संशोधन प्रक्रिया भनेको लामो समयसम्म जाने भएकाले त्यसलाई पनि रोक्नु नपर्ने विचार व्यक्त गर्दै चुनाव र संशोधन प्रस्ताव सँगसँगै अघि बढाउनुपर्ने र चाँडो चुनावको मिति घोषणा गर्नुपर्नेमा जोड दिनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता