५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले नियुक्त गरेकै दिन डीआईजी चन्द सर्वच्च तानिए

१ फाल्गुन २०७३, आईतवार ०७:२२

फागुन १, काठमाडौं । सर्वोच्च अदालतले जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

सरकारले आइतबार विहान मात्र डीआईजी चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो । 

यता नियुक्तिको केही घन्टा नबित्दै प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चले चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय र १३ जना डीआईजीको कार्यसम्पादन फाइल झिकाउन आदेश समेत दिएको छ ।

अधिवक्ता कपिलदेव ढकालले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि प्रारम्भीक सुनुवाइ गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीले वरियता क्रम मिचेर चन्दलाई आइजीपी बनाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएकी हुन् ।

को हुन् डीआइजी चन्द ?

अहिलेसम्म लागूऔषध नियन्त्रण ब्युरो प्रमुख डिआईजीका रुपमा सुदुरपश्चिम क्षेत्रिय प्रहरी कार्यालय, महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखको जिम्मेबारी सम्हालेका थिए ।  ब्यवस्थापनमा स्नातोकत्तर, कमाण्ड र अनुसन्धानमा दक्षता रहेका उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाको सिफारिशमा सरकारले महानिरीक्षक नियुक्त गरेको हो।

गठबन्धन सरकारमा कांग्रेसलाई नेपाल प्रहरीको महानिरीक्षक तथा माओवादीले सशस्त्र प्रहरी महानिरीक्षक पाउने समझदारी भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता