टेक शाही | फागुन १, डोल्पा | डोल्पा जिल्लाको २४ र्औ जिल्ला परिषद अन्तरगत आर्थिक बर्ष ०७४/०७५को लागि जिल्लाको बार्षिक योजना तर्जूमा बैठक स्थगित भएको छ । योजना तर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टेक शाही | फागुन १, डोल्पा | डोल्पा जिल्लाको २४ र्औ जिल्ला परिषद अन्तरगत आर्थिक बर्ष ०७४/०७५को लागि जिल्लाको बार्षिक योजना तर्जूमा बैठक स्थगित भएको छ । योजना तर्"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पा जिल्लाको बार्षिक योजना तर्जूमा बैठक राजनितिक दलद्वारा बहिष्कार

१ फाल्गुन २०७३, आईतवार १२:५५

टेक शाही | फागुन १, डोल्पा | डोल्पा जिल्लाको २४ र्औ जिल्ला परिषद अन्तरगत आर्थिक बर्ष ०७४/०७५को लागि जिल्लाको बार्षिक योजना तर्जूमा बैठक स्थगित भएको छ । योजना तर्जूृमा बैठक हुनु भन्दा पहिले सर्वदलिए बैठकमा राम्रोसँग गृहकार्य नगरि योजना छानैट गरेको भन्दै राजनितिक दलले बैठक बहिस्कार गरे पछि बैठक स्थगित भएको छ । 

जिल्लाको बार्षिक योजना तर्जूृमा बैठकमा ९ वटा इलाकाको बार्षिक योजना तर्जूमाको लागि इलाका नँ १ को प्रस्तावित योजनाहरु बारे जानकारि गराउदै गर्दा इलका परिषदबाट पास भएका योजनाहरु छनौट नँभएको र गाविस सचिव र जिल्ला बिकास समितिका कर्मचारिहरुको मनपोली योजना छनौट गरेको भन्दै जिल्लाका सबै राजनितिक दलले बैठक नै बहिसकार गरेका छन । 

इलाकाबाट माग भइ आएका योजनाहरु इलाका परिषदको सँयोजक वा गाविस सचिवले येजनाहरु प्रस्तुत गर्नु पर्ने,गाविसबाट छनौट भएकार आएका योजनालाइ प्राथमिकतामा राख्नु पर्ने,गाबिस वा ईलाका परिषदमा छुट भएका र दोहोरीएका योजनाहरु यकिकृत गरी थपघट गर्नु पर्ने ३ बुद्धे माग राख्दै जिल्लाका ११ राजनितिक दलले स्थानिय बिकास अधिकारिलाइ ज्ञापन पत्र बुझाएको नेकपा एमाले डोल्पाका अध्यक्ष दत्त बहादर रोकायाले जानकारि दिनु भयो । 

आजको बैठकमा राम्रोसँग कार्यक्रममा प्रबेश गर्न नँपाउदै बिबाद भएर बैठक स्थगित भए पछि भोली बिहान जिल्लाका राजनितिक दलसँग सर्व दलिय बैठक बसि समास्याको समाधान गर्ने र जिल्ला बिकास समिति डोल्पाको २४ औँ जिल्ला परिषद कुनै पनि समयमा प्रभाबित नँहुने गरि प्रकृयालाइ अगाडि बढाउने स्थानिय बिकास अधिकारि सागर मिश्रले बताउनु भयो । 

गाँउ तथा इलाका परिषदबाट योजनाहरु प्रस्ताव भइ आए अनुसार उक्त योजनाहरुमा केहि कम्जोरिहरु र थपघट गर्नु पर्ने भएकोले उक्त योजनाहरुलाइ सम्बोधन गर्नको लागि भन्दै डोल्पा जिल्लामा कृयाशिल राजनितिक दलहरु नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा माओबादि केन्द्र,राप्रपा,सँघिय समाजबादि पार्टि,मधेशि जनअधिकार लोकतान्त्रिक,नेकपा माले,राष्ट्रिय जनमोर्चा नेपाल,नेपाल परिवार दल,नयाँ शक्ति नेपाल र नेपाल पूर्वराष्ट्र सेवक गरि ११ राजनितिक दलले स्थानिय बिकास अधिकारिलाइ लिखित रुपमा ध्यानाकार्षण गराएको नेपाली काँगे्रस डोल्पाका केन्द्रीय प्रतिनिधि गौरिसँकर उपाध्यायले बताउनु भयो । 

जिल्लाको जिल्ला परिषदको लागि बार्षिक योजना तर्जूमा अन्तरगत १४ चरण मध्यको एकिकृत योजना तर्जूमा बैठक अन्तरगत नै राजनितिक दलसँग सहकार्य नगरेर गृहकार्य नगरेको भन्दै जिल्लाका राजनितिक दलले बिबाद गर्दै बैठक बहिस्कार गरे पछि बैठक स्थगित भएको हो । यस भन्दा पहिलेका बर्षमा सर्वदलिय बैठक बस्ने र सबै योजनाहरु मिलाए पछि जिल्ला परिषदको घोषणामा मात्र सबैलाइ जानकारि गराउने प्रचलन रहेको र यस बर्ष योजना तर्जूमामा नै सबैलाइ जानकारि गराइ छनौट गरि समाबेशि रुपमा घोषणा सभामा घोषणा गर्ने लक्ष्य अनूरुप आइतबार सबैललाइ बैठक बोलाउदा यस्तो बिबाद भएको जिल्ला बिकास समिति डोल्पाले जानकारि दिएको छ । 

जिल्लाको बार्षि योजनाहरु कस्ता छन भनेर सर्वसाधारण सबैले हेर्न र जान्न पाउनु पर्ने त्यसका साथै जिल्लाको बिकासको बारेमा जानकारि पाउनु नागरिक अधिकारिको कुरा भएको उपस्थित सर्वसाधारणको भनाइ रहेको छ । जिल्लामा पहुच हुनेर राजनितिक दलले आफुलाइ पाएक पर्ने ठाँउका योजनाहरु छनौट गरि बजेट राख्नको लागि स्थानिय बिकास अधिकारिसँग सर्वदलिय भन्दै मिलेमतो गर्ने प्रबृत्ति रहेको र यसपाली त्यसो गर्न नँपाउने जस्तो भए पछि बार्षिक योजना तर्जूमा बैठकका बिबाद ल्याएको पनि सर्वसाधरणको आरोप छ । तर राजनितिक दलले स्थानिय बिकास अधिकारिलाइ लिखित रुपमा दिएको ध्यानाकार्षण पत्रमा भने सर्वसाधारणकै पक्षमा रहेको कुरा उल्लेख छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन