प्रज्वल पौडेल/फागुन ४, काठमाडौ । नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सत्ता गठबन्धन अनेक बहाना बनाउदै निर्वाचन नगर्ने षड्यन्त्रमा लागेको बताएकी छिन । नेकपा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पौडेल/फागुन ४, काठमाडौ । नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सत्ता गठबन्धन अनेक बहाना बनाउदै निर्वाचन नगर्ने षड्यन्त्रमा लागेको बताएकी छिन । नेकपा "/>
२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनेक बहानामा निर्वाचन नगर्ने षड्यन्त्र: अष्टलक्ष्मी शाक्य

२०७३, ४ फाल्गुन बुधबार ०९:४८

प्रज्वल पौडेल/फागुन ४, काठमाडौ । नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सत्ता गठबन्धन अनेक बहाना बनाउदै निर्वाचन नगर्ने षड्यन्त्रमा लागेको बताएकी छिन । नेकपा एमाले तथा प्रेस चौतारी नेपालद्वारा बुधबार ललितपुरमा आयोजित प्रदेश नं ३ स्तरीय प्रचार भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी छन् ।

 प्रदेश नं ३ का सयोजक समेत रहेकी शाक्यले अहिले मुलुकमा सबै तहको निर्वाचन गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताइन ।  

उनले सत्तामा बस्ने जिम्मेवारी व्यक्ति देश, जनता, लोकतन्त्र, गणतन्त्रप्रति प्रतिबद्ध हुन नसकेको धारणा राखिन् ।

उनले संविधान कार्यान्वयन,संघिय लोककतान्त्रिक गणतन्त्रप्रति एमाले चिन्तित बनेको स्पष्ट पारिन ।

दक्षिणको मुख हेरेर विकास नहुने बताउदै शाक्यले स्वयम् आत्मनिर्भर, स्वतन्त्र र स्वाभिमान बनेर राष्ट्र बनाउन लाग्नुपर्ने धारणा राखिन् ।

यस्तै एमाले सचिव योगेश भट्टराईले पछिल्लो समय राज्यको अंग माथि हस्तक्षेप हुने क्रम बढ्न थालेको बताए । उनले प्रहरी जस्तो संवेदनशील क्षेत्रमा हस्तक्षेप गरेर मनोबल गिराउने काम गरेको धारणा राखे ।

उनले भने-"अहिले  आफु अनुकूल अदालतले फैसला नगरेको भन्दै प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनुपर्छ भनेर काग्रेस छलफल चलाउन थालेको छ, अब अहिलेसम्म विवादित नरहेको लोक सेवा योगमा पनि हस्तक्षेप गर्न लागेको छन ।" 

उनले काँग्रेसको कमजोरीपनका कारण छिमेकि सल्बलाएको र देश अस्थिरतातर्फ धकेल्ने काम भएको बताए । भट्टराईले देश टुक्याउने भाषण गर्दै हिड्ने सिके राउतलाई सरकारले नै संरक्षण गरेको आरोप लगाए । सरकारले समयमा नै निर्वाचनको मिति घोषण गर्नुपर्ने नत्र सरकारमा बसिरहनुको औचित्य नभएको स्पष्ट  पारे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ