प्रज्वल पौडेल/फागुन ४, काठमाडौ । नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सत्ता गठबन्धन अनेक बहाना बनाउदै निर्वाचन नगर्ने षड्यन्त्रमा लागेको बताएकी छिन । नेकपा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पौडेल/फागुन ४, काठमाडौ । नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सत्ता गठबन्धन अनेक बहाना बनाउदै निर्वाचन नगर्ने षड्यन्त्रमा लागेको बताएकी छिन । नेकपा "/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनेक बहानामा निर्वाचन नगर्ने षड्यन्त्र: अष्टलक्ष्मी शाक्य

४ फाल्गुन २०७३, बुधबार ०९:४८

प्रज्वल पौडेल/फागुन ४, काठमाडौ । नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सत्ता गठबन्धन अनेक बहाना बनाउदै निर्वाचन नगर्ने षड्यन्त्रमा लागेको बताएकी छिन । नेकपा एमाले तथा प्रेस चौतारी नेपालद्वारा बुधबार ललितपुरमा आयोजित प्रदेश नं ३ स्तरीय प्रचार भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी छन् ।

 प्रदेश नं ३ का सयोजक समेत रहेकी शाक्यले अहिले मुलुकमा सबै तहको निर्वाचन गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताइन ।  

उनले सत्तामा बस्ने जिम्मेवारी व्यक्ति देश, जनता, लोकतन्त्र, गणतन्त्रप्रति प्रतिबद्ध हुन नसकेको धारणा राखिन् ।

उनले संविधान कार्यान्वयन,संघिय लोककतान्त्रिक गणतन्त्रप्रति एमाले चिन्तित बनेको स्पष्ट पारिन ।

दक्षिणको मुख हेरेर विकास नहुने बताउदै शाक्यले स्वयम् आत्मनिर्भर, स्वतन्त्र र स्वाभिमान बनेर राष्ट्र बनाउन लाग्नुपर्ने धारणा राखिन् ।

यस्तै एमाले सचिव योगेश भट्टराईले पछिल्लो समय राज्यको अंग माथि हस्तक्षेप हुने क्रम बढ्न थालेको बताए । उनले प्रहरी जस्तो संवेदनशील क्षेत्रमा हस्तक्षेप गरेर मनोबल गिराउने काम गरेको धारणा राखे ।

उनले भने-"अहिले  आफु अनुकूल अदालतले फैसला नगरेको भन्दै प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनुपर्छ भनेर काग्रेस छलफल चलाउन थालेको छ, अब अहिलेसम्म विवादित नरहेको लोक सेवा योगमा पनि हस्तक्षेप गर्न लागेको छन ।" 

उनले काँग्रेसको कमजोरीपनका कारण छिमेकि सल्बलाएको र देश अस्थिरतातर्फ धकेल्ने काम भएको बताए । भट्टराईले देश टुक्याउने भाषण गर्दै हिड्ने सिके राउतलाई सरकारले नै संरक्षण गरेको आरोप लगाए । सरकारले समयमा नै निर्वाचनको मिति घोषण गर्नुपर्ने नत्र सरकारमा बसिरहनुको औचित्य नभएको स्पष्ट  पारे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता