फागुन ५, काठमाडौं । संयूक्त विद्यार्थी संघर्ष समितिले पूर्ण समानुपातिक र समावेशी सिद्धान्तको आधारमा स्ववियू निर्वाचन नभए निर्वाचन नै बहिष्कार गर्ने चेतावनी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन ५, काठमाडौं । संयूक्त विद्यार्थी संघर्ष समितिले पूर्ण समानुपातिक र समावेशी सिद्धान्तको आधारमा स्ववियू निर्वाचन नभए निर्वाचन नै बहिष्कार गर्ने चेतावनी "/>

२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्ण समानुपातिक नभए भिसीलाई गिरफ्तार गर्ने चेतावनी

२०७३, ५ फाल्गुन बिहीबार ०९:५७


फागुन ५, काठमाडौं । संयूक्त विद्यार्थी संघर्ष समितिले पूर्ण समानुपातिक र समावेशी सिद्धान्तको आधारमा स्ववियू निर्वाचन नभए निर्वाचन नै बहिष्कार गर्ने चेतावनी दिएको छ ।

बिहिवार रिपोर्टर्स क्लब नेपालमा संघर्ष समितिले पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । समितिले अघि सारेका माँगहरुमा पूर्ण समानुपातिक–समावेशी निर्वाचन प्रणाली लागु गर्नुपर्ने, सिनेटको सिण्डिकेट खारेजी गर्नुपर्ने, फर्जी विद्यार्थीको भर्ना खारेज र सार्थक वार्ताको वातावरण निर्माण लगायत रहेका छन् । समितिले आफूहरुले अघि सारेका मागहरू पुरा नगरी त्रिविले निर्वाचन गरे सशस्त्र प्रतिकार गर्ने चेतावनी दिएको छ ।

अखिल (क्रान्तिकारी)का उपाध्यक्ष लालबहादुर तामाङले संघर्ष समितिले अघि सारेका मागहरू पुरा नगरी त्रि.वि.ले स्ववियू निर्वाचन गर्नै नसक्ने दाबी गरे । उनले भने,‘हिजो रेक्टरको गाडी जल्यो, अब गाडि जलाउँदैनौ, भिसीलाई १० मिनेटभित्र गिरफ्तार गर्ने तागत हामीसँग छ, हामी स्ववियू निर्वाचन बिरोधी होईनौँ, हाम्रा जायज मागहरू पुरा गर्न किन त्रि.वि आलटाल गरिरहेको छ ? हाम्रा मागहरुको अवज्ञा गर्ने जो कोहीलाई हामी छोड्दैनौँ, त्यो हाम्रो नजरमा पर्छ ।’

त्यस्तै संघीय विद्यार्थी यूनियन लिम्बुवानका अध्यक्ष जेन्टल लावतीले समितिले अघि सारेका मागहरूमा त्रि.वि बेखबर भएकाले आगामी फागुण ८ गतेदेखि सघर्ष समिति बाध्य भएर आन्दोलनमा उत्रिने स्पष्ट पारे । राप्रविसंघका अध्यक्ष उज्ज्वल पोखरेलले स्ववियू निर्वाचनको मिति सार्नुपर्नेमा जोड दिए ।

उनले भने,‘विगतका दिनमा नेपाली काँग्रेस, एमालेका महाधिवेशनको समयमा स्ववियू निर्वाचन सारेको ईतिहास छ, अहिले हाम्रो पार्टी राप्रपाको एकता महाधिवेशन छ, त्यसैले हामीले पनि स्ववियू निर्वाचनको मिति सार्नुपर्छ भनेर भन्यौँ तर मुख्य तीन दल र तीनका भातृ संगठनले वास्ता नगरेर अघि बढ्दैछन् यो हामीलाई स्विकार्य छैन् ।’

कार्यक्रममा नेपाल विद्यार्थी मञ्चका अध्यक्ष रोशनकुमार राय, समाजवादी विद्यार्थी संघका अध्यक्ष रामविर यादव, विद्यार्थी मञ्चका अध्याक्ष केशी यादव, आदिवासि जनजाति विद्यार्थी संगठनका अध्यक्ष दोझाङ् शेर्पा, नेपाल विद्यार्थी मोर्चाका अध्यक्ष पूर्ण रानामगर, नेपाल लोकतान्त्रिक विद्यार्थी फ्रनटका अध्यक्ष जेपी यादव लगायतले आफ्ना बिचार राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ