फागुन ५, काठमाडौं । संयूक्त विद्यार्थी संघर्ष समितिले पूर्ण समानुपातिक र समावेशी सिद्धान्तको आधारमा स्ववियू निर्वाचन नभए निर्वाचन नै बहिष्कार गर्ने चेतावनी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन ५, काठमाडौं । संयूक्त विद्यार्थी संघर्ष समितिले पूर्ण समानुपातिक र समावेशी सिद्धान्तको आधारमा स्ववियू निर्वाचन नभए निर्वाचन नै बहिष्कार गर्ने चेतावनी "/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्ण समानुपातिक नभए भिसीलाई गिरफ्तार गर्ने चेतावनी

५ फाल्गुन २०७३, बिहीबार ०९:५७


फागुन ५, काठमाडौं । संयूक्त विद्यार्थी संघर्ष समितिले पूर्ण समानुपातिक र समावेशी सिद्धान्तको आधारमा स्ववियू निर्वाचन नभए निर्वाचन नै बहिष्कार गर्ने चेतावनी दिएको छ ।

बिहिवार रिपोर्टर्स क्लब नेपालमा संघर्ष समितिले पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । समितिले अघि सारेका माँगहरुमा पूर्ण समानुपातिक–समावेशी निर्वाचन प्रणाली लागु गर्नुपर्ने, सिनेटको सिण्डिकेट खारेजी गर्नुपर्ने, फर्जी विद्यार्थीको भर्ना खारेज र सार्थक वार्ताको वातावरण निर्माण लगायत रहेका छन् । समितिले आफूहरुले अघि सारेका मागहरू पुरा नगरी त्रिविले निर्वाचन गरे सशस्त्र प्रतिकार गर्ने चेतावनी दिएको छ ।

अखिल (क्रान्तिकारी)का उपाध्यक्ष लालबहादुर तामाङले संघर्ष समितिले अघि सारेका मागहरू पुरा नगरी त्रि.वि.ले स्ववियू निर्वाचन गर्नै नसक्ने दाबी गरे । उनले भने,‘हिजो रेक्टरको गाडी जल्यो, अब गाडि जलाउँदैनौ, भिसीलाई १० मिनेटभित्र गिरफ्तार गर्ने तागत हामीसँग छ, हामी स्ववियू निर्वाचन बिरोधी होईनौँ, हाम्रा जायज मागहरू पुरा गर्न किन त्रि.वि आलटाल गरिरहेको छ ? हाम्रा मागहरुको अवज्ञा गर्ने जो कोहीलाई हामी छोड्दैनौँ, त्यो हाम्रो नजरमा पर्छ ।’

त्यस्तै संघीय विद्यार्थी यूनियन लिम्बुवानका अध्यक्ष जेन्टल लावतीले समितिले अघि सारेका मागहरूमा त्रि.वि बेखबर भएकाले आगामी फागुण ८ गतेदेखि सघर्ष समिति बाध्य भएर आन्दोलनमा उत्रिने स्पष्ट पारे । राप्रविसंघका अध्यक्ष उज्ज्वल पोखरेलले स्ववियू निर्वाचनको मिति सार्नुपर्नेमा जोड दिए ।

उनले भने,‘विगतका दिनमा नेपाली काँग्रेस, एमालेका महाधिवेशनको समयमा स्ववियू निर्वाचन सारेको ईतिहास छ, अहिले हाम्रो पार्टी राप्रपाको एकता महाधिवेशन छ, त्यसैले हामीले पनि स्ववियू निर्वाचनको मिति सार्नुपर्छ भनेर भन्यौँ तर मुख्य तीन दल र तीनका भातृ संगठनले वास्ता नगरेर अघि बढ्दैछन् यो हामीलाई स्विकार्य छैन् ।’

कार्यक्रममा नेपाल विद्यार्थी मञ्चका अध्यक्ष रोशनकुमार राय, समाजवादी विद्यार्थी संघका अध्यक्ष रामविर यादव, विद्यार्थी मञ्चका अध्याक्ष केशी यादव, आदिवासि जनजाति विद्यार्थी संगठनका अध्यक्ष दोझाङ् शेर्पा, नेपाल विद्यार्थी मोर्चाका अध्यक्ष पूर्ण रानामगर, नेपाल लोकतान्त्रिक विद्यार्थी फ्रनटका अध्यक्ष जेपी यादव लगायतले आफ्ना बिचार राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता