फागुन ६, काठमाडौं । एकतन्त्रिय पद्धतिबाट पार्टीलाई कब्जा गर्न खोजिएको भन्दै राप्रपाका रष्ट्रिय अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ६, काठमाडौं । एकतन्त्रिय पद्धतिबाट पार्टीलाई कब्जा गर्न खोजिएको भन्दै राप्रपाका रष्ट्रिय अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गर"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी कब्जा गर्न खोजिएको भन्दै राप्रपामा लोहनीको उम्मेद्वारी घोषणा

६ फाल्गुन २०७३, शुक्रबार ०७:५१

फागुन ६, काठमाडौं । एकतन्त्रिय पद्धतिबाट पार्टीलाई कब्जा गर्न खोजिएको भन्दै राप्रपाका रष्ट्रिय अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै डा. लोहनीले पार्टीको चुनावी चिन्ह र शक्ति सन्तुलनमा गम्भीर असन्तुष्टि राख्दै अध्यक्षको उम्मेद्वारी घोषणा गरेका हुन् । 

बुधबार साँझ लोकेन्द्र बहादुर चन्दको निवासमा भएको सहमति अनुसार पार्टी चल्ने नदेखेपछि आफूले उम्मेद्वारी दिएको बताए । उपाध्यक्ष र महामन्त्री कम्तिमा दुईजना निर्वाचित हुनुपर्ने र कार्यकर्ताको मतको सम्मान गर्नुपर्ने भन्दै उनले यस अघिको असहमति जनाएका हुन् ।

डा. लोहोनीले भने,‘पहिले चुनावी चिन्ह हलो हुनेछ भनेर सहमति गरियो, आज आएर एकलौटी रुपमा चिन्ह र शक्ति सन्तुलनको विषयलाई वेवास्ता गर्दै अघि जान खोजिएको छ, यसमा मेरो गम्भिर असन्तुष्टि छ, पहिलेको सहमति नमान्ने र पछिल्लो सहमति मात्रै मान्नुपर्छ भन्ने हुन्छ? यस्तो एकतन्त्रिय पार्टीको निमार्ण राप्रपाका लाखौ कार्यकर्ताले चाहेका छैनन् ।’

उनले अघि थपे,‘अहिलेको पार्टीको विधान अनुसार कार्यकर्ताहरू कसैको हनुमान भएर बस्नुपर्ने हुन सक्छ, पुरानो सहमति पनि कार्यन्वयन हुनुपर्छ, आधा पदाधिकारीहरू निर्वाचन प्रक्रियाबाट चुनिनुपर्छ भन्ने मेरो माग हो, पार्टीको नयाँ विधानमा सबै सदस्य मनोनितको व्यवस्था छ, त्यसैले पनि कमल थापालाई अध्यक्ष बनाउने सहमतिको कुनै अर्थ छैन ।’

डा. लोहनीले भने,‘अहिले पार्टी एकता होईन पार्टी विलयजस्तो भएको छ, हामी त्यस्तो हुन दिदैनौँ, हजारौ कार्यकर्ताको उत्साहलाई मर्न दिने छैनौ, यूवाहरूलाई स्थान दिनुपर्छ, प्रजातिन्त्रक रुपमा पार्टीलाई अघि बढाउने र भोलि पार्टी टुटफुटबाट बचाउनलाई पनि मेरो उम्मेदारी हो, महाधिवेशनमा मेरो जित सुनिश्चित छ ।’

तत्कालीन राप्रपा र राप्रपा नेपालबीच गत मंसिर ६ गते पार्टीको एकता भएको भने एकताको महाधिवेशन आजदेखि राजधानीमा सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता