फागुन ६, काठमाडौँ | नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री  केपी शर्मा अाेलीले राष्ट्रिय प्रजातन्त्र पार्टीले राम्राे नीति लिए एमाले बाहेक अरुलाई धक्का दिन स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ६, काठमाडौँ | नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री  केपी शर्मा अाेलीले राष्ट्रिय प्रजातन्त्र पार्टीले राम्राे नीति लिए एमाले बाहेक अरुलाई धक्का दिन स"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाले राम्राे नीति लिए एमाले बाहेक अरुलाई धक्का दिन सक्छ: अाेली

६ फाल्गुन २०७३, शुक्रबार १४:२७

फागुन ६, काठमाडौँ | नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री  केपी शर्मा अाेलीले राष्ट्रिय प्रजातन्त्र पार्टीले राम्राे नीति लिए एमाले बाहेक अरुलाई धक्का दिन सक्ने बताउनुभएको छ । शुक्रबार राजधानीमा राप्रपाकाे एकता महाधिवेशनमा शुभकामना दिदै उहाँले राष्ट्रियताको पक्षमा स्पष्ट भएर आउन पार्टीलाई अाग्रह गर्नुभयाे ।

अाेलीले भन्नुभयाे- "मैले नयाँ शक्ति नेपालकाे सभामा यहि भनेको थिए तर उनीहरूकाे नीति नै गलत भयाे ।"

दुई पार्टीको एकताले एउटा बलियाे नयाँ शक्ति बन्ने भएकाले जनताकाे भावना विपरीत हुने गतिविधिमा संलग्न नहुन राप्रपालाई अाह्वान गर्नुभयाे । अध्यक्ष अाेलीले राष्ट्रियताकाे पक्षमा कुनै द्विविधा नराखि राष्ट्रिय एकता, लाेकतन्त्रका पक्षमा उभिएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयाे ।

अाफ्नाे सरकारका पालामा राप्रपाले महत्त्वपूर्ण भुमिका खेलेकाे बताउदै साे समयमा गरेका कार्यलाई राप्रपाकाे इतिहासमा गाैरवपुर्ण इतिहास ठानेर स्वर्ण अक्षरले लेख्न अाग्रह गर्नुभयाे । उहाँले भन्नुभयाे- "इतिहासलाई सम्मान गर्नुपर्छ तर पृथ्वीनारायण शाहले राम्राे गरे भन्दैमा उनका सन्तती कहाँ पुगिसके,उनीहरू सबैलाई सम्मान गर्न सकिन्न ।" उहाँको आशय लाेकतन्त्र अाईसकेकाले अब राजतन्त्रकाे एजेन्डा त्याग्नु भन्ने थियाे ।

मञ्चमा रहेका काङ्ग्रेस सभापति देउवालाई निशाना लगाउदै अाेलीले भन्नुभयाे- महाअभियोग प्रस्ताव आउँछ, भोट हालौं कि नहालौ, संविधान संशोधन दर्ता गर्ने कि नगर्ने  अन्याैल भएर निर्णय गर्न नसक्ने, एजेन्डाविहिन यस्तो पनि पार्टी हुन्छ ।"

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता