असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर "/>

२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छिट्टै निर्वाचनको मिति घोषणा गर्ने सत्तारुढ दलको निर्णय

२०७३, ८ फाल्गुन आईतवार ०८:३७

फागुन ८, काठमाडौँ । लामो समयको रस्साकस्सीपछि अन्ततः सरकार निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारीमा जुटेको छ । 

असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर स्थानीय निकायको निर्वाचन घोषणासँगै संविधान संशोधन प्रक्रियालाई अघि बढाउने योजनामा रहेको सरकारले सम्बन्धित पक्षसँग चरणबद्ध छलफल गरिरहेको छ । दुवै पक्षका अडानका बीच मुलुकको वर्तमान परिस्थितिलाई ध्यानमा राखी सरकारले निर्वाचनको मिति घोषणा गर्न लागेको हो । 

निर्वाचनको मिति र समसामयिक विषयमा छलफल गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ प्रमुख दलको बैठकले छिट्टै निर्वाचनको मिति घोषणा गर्ने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताले मुलुकको समसामयिक परिस्थितिबारे छलफल गर्दै निर्वाचनको दिशातर्फ अघि बढ्ने अठोट गरेका छन् । 

निर्वाचन र संविधान संशोधनबारे शनिबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग परामर्श गर्नुभएका प्रधानमन्त्रीले आज सत्ता साझेदार काँग्रेससँग छलफल गरी छिट्टै निर्वाचनको मिति घोषणाको तयारी गर्नुभएको बुझिएको छ । 

मुलुकको परिस्थिति ध्यानमा राखी निर्वाचनको मिति छिट्टै घोषणा गरेर पछि संविधान संशोधन प्रक्रिया अघि बढाएर निर्वाचन गर्ने सत्तारुढ दलबीच सहमति भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । 

“सत्तारुढ गठबन्धनका प्रमुख राजनीतिक दलले पहिलादेखि नै आफ्नो दृष्टिकोण प्रस्ट पारेकै थिए कि संविधान संशोधनको प्रक्रिया टुङ्ग्याएपछि निर्वाचन गर्ने, त्यसमा त हामी कायमै छौँ अहिले पनि, तर अहिले मिल्ने स्थिति रहेन, त्यसलै निर्वाचनको मिति छिट्टै घोषणा गर्नेमा सत्तारुढको स्पष्ट दृष्टिकोण बनेको छ, छिट्टै हुन्छ, दिन र घन्टा भन्न म सक्दिन” – उहाँले भन्नुभयो । 

नेता श्रेष्ठले मोर्चाका नेतासँग छलफलमै रहेकाले संशोधन प्रक्रिया टुङ्गो लगाएर निर्वाचनमा जाने भनिएकाले मोर्चा आन्दोलनमा नजाने अपेक्ष व्यक्त गर्नुभयो । 

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले निर्वाचन क्षेत्र निर्धारण आयोगसँग आवश्यक परामर्श गरी छिट्टै निर्वाचन गराउन सत्तारुढ दलबीच सहमति भएको बताउनुभयो । उहाँले भन्नुभयो – “पहाडमा भूगोलअनुसार र तराईमा जनसङ्ख्याका आधारमा क्षेत्र निर्धारण गर्ने कुरा भएको छ, आजै साँझ आयोगका पदाधिकारीसँग परामर्श गरी मिति घोषणा हुन्छ ।” 

बैठकमा प्रधानमन्त्रीसहित काँग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री डा शशाङ्क कोइराला, उपप्रधानमन्त्री विमलेन्द्र निधिलगायत नेताको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ