असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर "/>

६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छिट्टै निर्वाचनको मिति घोषणा गर्ने सत्तारुढ दलको निर्णय

८ फाल्गुन २०७३, आईतवार ०८:३७

फागुन ८, काठमाडौँ । लामो समयको रस्साकस्सीपछि अन्ततः सरकार निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारीमा जुटेको छ । 

असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर स्थानीय निकायको निर्वाचन घोषणासँगै संविधान संशोधन प्रक्रियालाई अघि बढाउने योजनामा रहेको सरकारले सम्बन्धित पक्षसँग चरणबद्ध छलफल गरिरहेको छ । दुवै पक्षका अडानका बीच मुलुकको वर्तमान परिस्थितिलाई ध्यानमा राखी सरकारले निर्वाचनको मिति घोषणा गर्न लागेको हो । 

निर्वाचनको मिति र समसामयिक विषयमा छलफल गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ प्रमुख दलको बैठकले छिट्टै निर्वाचनको मिति घोषणा गर्ने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताले मुलुकको समसामयिक परिस्थितिबारे छलफल गर्दै निर्वाचनको दिशातर्फ अघि बढ्ने अठोट गरेका छन् । 

निर्वाचन र संविधान संशोधनबारे शनिबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग परामर्श गर्नुभएका प्रधानमन्त्रीले आज सत्ता साझेदार काँग्रेससँग छलफल गरी छिट्टै निर्वाचनको मिति घोषणाको तयारी गर्नुभएको बुझिएको छ । 

मुलुकको परिस्थिति ध्यानमा राखी निर्वाचनको मिति छिट्टै घोषणा गरेर पछि संविधान संशोधन प्रक्रिया अघि बढाएर निर्वाचन गर्ने सत्तारुढ दलबीच सहमति भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । 

“सत्तारुढ गठबन्धनका प्रमुख राजनीतिक दलले पहिलादेखि नै आफ्नो दृष्टिकोण प्रस्ट पारेकै थिए कि संविधान संशोधनको प्रक्रिया टुङ्ग्याएपछि निर्वाचन गर्ने, त्यसमा त हामी कायमै छौँ अहिले पनि, तर अहिले मिल्ने स्थिति रहेन, त्यसलै निर्वाचनको मिति छिट्टै घोषणा गर्नेमा सत्तारुढको स्पष्ट दृष्टिकोण बनेको छ, छिट्टै हुन्छ, दिन र घन्टा भन्न म सक्दिन” – उहाँले भन्नुभयो । 

नेता श्रेष्ठले मोर्चाका नेतासँग छलफलमै रहेकाले संशोधन प्रक्रिया टुङ्गो लगाएर निर्वाचनमा जाने भनिएकाले मोर्चा आन्दोलनमा नजाने अपेक्ष व्यक्त गर्नुभयो । 

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले निर्वाचन क्षेत्र निर्धारण आयोगसँग आवश्यक परामर्श गरी छिट्टै निर्वाचन गराउन सत्तारुढ दलबीच सहमति भएको बताउनुभयो । उहाँले भन्नुभयो – “पहाडमा भूगोलअनुसार र तराईमा जनसङ्ख्याका आधारमा क्षेत्र निर्धारण गर्ने कुरा भएको छ, आजै साँझ आयोगका पदाधिकारीसँग परामर्श गरी मिति घोषणा हुन्छ ।” 

बैठकमा प्रधानमन्त्रीसहित काँग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री डा शशाङ्क कोइराला, उपप्रधानमन्त्री विमलेन्द्र निधिलगायत नेताको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति