फागुन १०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको वातावरण सिर्जना गर्नका लागि विशेष भूमिका खेल्न पत्रकारलाई आग्रह गर्नुभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको वातावरण सिर्जना गर्नका लागि विशेष भूमिका खेल्न पत्रकारलाई आग्रह गर्नुभ"/>

२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनको वातावरण सिर्जना गर्न सहयोग गर्नुस: प्रधानमन्त्री

२०७३, १० फाल्गुन मंगलवार ०७:५४


फागुन १०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको वातावरण सिर्जना गर्नका लागि विशेष भूमिका खेल्न पत्रकारलाई आग्रह गर्नुभएको छ । 

दिवङ्गत एवम् सङ्घर्षशील पत्रकारको स्मृति र सम्मानमा सञ्चारग्राम सिनामङ्गलमा प्रेस काउन्सिल नेपालले निर्माण गरेको ‘पत्रकार स्तम्भ’ आज अनावरण गर्दै प्रधानमन्त्रीले विगतमा जनआन्दोलन सफल पार्न सञ्चारमाध्यमले भूमिका निर्वाह गरे जस्तै अहिले पनि योगदान दिन जोड दिनुभयो । 

निर्वाचनको सफलताले अराजकताको अन्त्य गर्दै मुलुकलाई संविधानमा उल्लेख भएअनुरुप समाजवाद र समृद्धिको यात्रातर्फ लैजाने बताउँदै उहाँले निर्वाचनसँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धि जनताले अनुभूत गर्न थाल्ने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो,“अहिलेको संविधानले सिंहदरबारको धेरै अधिकार गाउँमा पु¥याएको छ । निर्वाचनपछि लालपुर्जा, पासपोर्ट, नागरिकता, न्यायपालिकालगायतका सुविधा स्थानीय निकायबाटै जनताले पाउँदा बल्ल सङ्घीय लोकतान्त्रिक गणतन्त्र भनेको के हो भन्ने महसुस गर्नेछन् ।” 

सञ्चारमाध्यमको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले त्यसका लागि सरकारले गर्नुपर्ने मुख्य कामको विवरण दिन सञ्चारका अगुवालाई आग्रह गर्नुभयो । 

सो अवसरमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले अहिले पत्रकारिता जगत्मा उत्ताउलोपन बढी र विश्वसनीयता कम देखिएको टिप्पणी गर्दै पत्रकारको विश्वसनीयता सकियो भने के होला भन्ने सोच्न आवश्यक छ भन्नुभयो । 

प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले असल पत्रकारिता गर्ने पत्रकारलाई प्रोत्साहन गर्ने विश्वासका साथ आफूहरुले ‘पत्रकार स्तम्भ’ निर्माण गरेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले ‘पत्रकार स्तम्भ’ले सञ्चारग्रामकै शोभा बढेको बताउनुभयो । 

स्तम्भमा कलम र कागजका पाना प्रतीकका रुपमा राखिएको छ जसको निर्माण मूर्तिकार राजु पिठाकोटेले गर्नुभएको हो । स्तम्भमा ‘मेरो पत्रकारिता देश र जनताका लागि’ भन्ने उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ