फागुन १०, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले एक हप्ताभित्रै निर्वाचनसम्बन्धी आचार संहिता लागु हुने स्पष्ट पारेका छन्।

मंगलबार रिपोर्टर्स क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १०, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले एक हप्ताभित्रै निर्वाचनसम्बन्धी आचार संहिता लागु हुने स्पष्ट पारेका छन्।

मंगलबार रिपोर्टर्स क"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन आयुक्तले भने- ‘हामी स्वतन्त्र र निश्पक्ष निर्वाचन गर्छौं’

१० फाल्गुन २०७३, मंगलवार ०८:५८


फागुन १०, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले एक हप्ताभित्रै निर्वाचनसम्बन्धी आचार संहिता लागु हुने स्पष्ट पारेका छन्।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त यादवले भने,‘आयोगले यही हप्ताभित्रै आचार संहिता लागु गर्छ, शुन्य सहनशिलताका आधारमा हामी आचार संहिता लागु गर्नेगरि विशेष छलफलमा छौं, आचार संहिता लागु हुनेवित्तिकै सरुवा, बढुवा र नियुक्ती केही हुन दिँदैनौं ।’

 यादवले आयोगले निश्पक्ष, स्वतन्त्र र स्वच्छ निर्वाचन गर्न सम्पूर्ण शक्ति लगाउने बताउँदै भने,‘हामी स्वतन्त्र र निश्पक्ष निर्वाचन गर्छौं ।’

उनले तोकिएकै मितिमा निर्वाचन गर्न आयोग सफल हुने विश्वास व्यक्त गर्दै भने,‘सफलता प्राप्त गर्नको लागि तीन घण्टा नै काफी छ, हामीसँग त ८२ दिन बाँकी छ, सफलता प्राप्त गर्न निरन्तरता चाहिन्छ ।’ उनले निर्वाचन हुँदैन कि भनेर अब कसैलेपनि शंका गर्न नहुने जिकिर गरे ।

यादवले आफूले चूनौति भन्दापनि अब प्रशस्त अवसरहरु देखेको उल्लेख गर्दै भने,‘निर्वाचनको मिति घोषणा भएको छ, कानून तथा ऐनहरु आएका छन्, त्यसैले निर्वाचन हुन्छ ।’ अक्सिजनको सिलिण्डर बोकेर त मान्छेले सगरमाथा चढेको छन्, उनले अघि भने,‘निर्वाचन आयोगसँग त लगनशिल कर्मचारीहरु छन्, आयोगसँग दक्ष जनशक्ति छ ।’

त्यस्तै उनले नेपाल सरकारले पनि आयोगलाई विश्वास दिलाएको उल्लेख गर्दै भने,‘कुनैपनि साधान र स्रोतहरुको कमी हुन दिन्नौं भनेर सरकारले भनेको छ, आवश्यक जनशक्तिको लागि पूर्ण भरोसा दिलाएको छ ।’ उनले सरकारले खुट्टा नकमाउनेमा आफू पूर्ण विश्वस्त रहेको समेत बताए । यादवले सरकारले खुट्टा कमाए आमसञ्चार साँची रहेको बताए ।

उनले निर्वाचन सफल बनाउनको लागि राजनीतिक शक्ति पनि एउटा ठूलो आधार भएको टिप्पणी गरे । यादवले थपे,‘दलहरुवीच विश्वासको वातावरण बढ्दै गईरहेको छ, आपसी सद्भाव देखिरहेको छु, छलफल भैरहेको छ, यो सकारात्मक कुरा हो ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता