प्रज्वल पाैडेल । फागुन १०,काठमाण्डाैँ । स्वास्थ मन्त्री गगन थापाले स्ववियुकाे निर्वाचन स्थानिय निर्वाचनसँग जाेडिएकाे बताउनुभएकाे छ । मंगलबार त्रिचन्द्र क्याम्पसमा भएकाे "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल । फागुन १०,काठमाण्डाैँ । स्वास्थ मन्त्री गगन थापाले स्ववियुकाे निर्वाचन स्थानिय निर्वाचनसँग जाेडिएकाे बताउनुभएकाे छ । मंगलबार त्रिचन्द्र क्याम्पसमा भएकाे "/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्ववियुकाे निर्वाचन स्थानिय निर्वाचनसँग जाेडिएकाे छ: स्वास्थमन्त्री थापा

१० फाल्गुन २०७३, मंगलवार १२:२०


प्रज्वल पाैडेल । फागुन १०,काठमाण्डाैँ । स्वास्थ मन्त्री गगन थापाले स्ववियुकाे निर्वाचन स्थानिय निर्वाचनसँग जाेडिएकाे बताउनुभएकाे छ । मंगलबार त्रिचन्द्र क्याम्पसमा भएकाे एक कार्यक्रममा बाेल्दै उहाँले निर्वाचन देशकाे अावश्यकता भएकाेले मिति घाेषणा गरिएकाे बताउनु भएकाे हाे । उहाँले भन्नुभयाे -"स्ववियु निर्वाचन क्याम्पससँग मात्र जाेडिएकाे छैन याे स्थानीय चुनावसँग जाेडिएकाे छ, स्थानीय चुनाव देश र राष्ट्रिय चुनावसँग जाेडिएकाे छ ।"

पछिल्लाे समय भाषणबाट मानिसलाई उत्तेजना ल्याउन सजिलाे भएकाे बताउदै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहेका थापाले भन्नुभयाे – "पहाड र तराईमा कसरी ताली बज्छ सबै थाहा छ तर राष्ट्रप्रति बफादार हुनुपर्छ । अहिले मधेशमा गएर सबै पहाडि शाेषक र दलाल हुन् भने ताली बज्ने, पहाडमा बसेर तराईमा बस्ने मधेशी धाेति भारतका दलाल हुन्,विखण्डनकारी हुन् भने ताली बज्ने गरेकाे छ ।"

उहाँले अाफू वि.स. २०८८ भन्दा पछाडि राजनीतिमा सक्रिय नरहने यस अगाडिकाे घाेषणा पुन दाेहाेर्याउनु भयाे । उहाँले भन्नुभयाे – "अहिलेकाे युवा अवस्थामा पनि केही गर्न सकिएन भने याे १५ बर्षपछि नेपालकाे विकास हुन सक्दैन, त्यसैले सक्रिय हुनुकाे अर्थ छैन ।"

काङ्ग्रेस नेता थापाले त्रिचन्द्र कलेजमा अध्ययन गर्दाका अनुभव समेत साट्नुभएकाे छ । उहाँले त्रिचन्द्र कलेज सार्ने अभियान दरबारियाले चलाउँदा अाफ्नाे नेतृत्वमा साेहि समयमा दरवार पहिले सार्ने चेतावनी दिएकाे कुरा स्मरण गराउनुभयाे । थापाले नेविसंघकाे लामाे विरासत कायम राख्न र क्याम्पसकाे शैक्षिक विकास गर्न सक्षम नेतृत्व छनाैट गर्न अाग्रह गर्नुभयाे। नेविसंघलाई मत दिने भनेकाे अब नेपाललाई कुन दिशातर्फ लैजाने भन्ने अाधार हुने धारणा राख्नुभयाे।

कार्यक्रममा नेविसंघ केन्दिय समितिका सभापति लगाएतका अन्य नेताहरूले शैक्षिक अान्दोलनमा महत्त्वपूर्ण भुमिका खेल्दै अाएकाे नेविसंघलाई जिताउनु अहिलेकाे अावश्यकता रहेकाे बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता