फागुन ११, काठमाडौ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले आगामी माघ ७ भित्र तीनै तहको चुनाव सम्पन्न गर्न सर्वपक्षीय सरकार गठन गर्न माग गरेको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन ११, काठमाडौ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले आगामी माघ ७ भित्र तीनै तहको चुनाव सम्पन्न गर्न सर्वपक्षीय सरकार गठन गर्न माग गरेको छ"/>

२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ शक्तिद्वारा सर्वपक्षीय सरकार गठनको माग (बिज्ञप्तीसहित)

२०७३, ११ फाल्गुन बुधबार ०७:४०


फागुन ११, काठमाडौ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले आगामी माघ ७ भित्र तीनै तहको चुनाव सम्पन्न गर्न सर्वपक्षीय सरकार गठन गर्न माग गरेको छ ।

नयाँ शक्तिको आज बसेको विशेष राजनीतिक समितिको बैठकले चुनाव सम्पन्न गर्न सर्वपक्षीय सरकार गठन गर्न माग गरेको हो । बैठकले एक वर्षभित्र हुनुपर्ने तीन तहकै चुनावका लागि आफू तयार रहेको बताएको छ ।

बैठकपछि पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दलीय भागवण्डामा चुनावको घोषणा गर्न थालिएकाले यो सत्ता स्वार्थका लागि र चुनाव नगर्नका लागि घोषणा गरिएको चुनावका रुपमा यसलाई लिइएको छ ।’

विज्ञप्तीको पूर्णपाठ 

आज बसेको नयाँ शक्ति पार्टी, नेपालको विशेष राजनीतिक समितिको बैठकपश्चात संयोजक डा. बाबुराम भट्टराईले जारी गर्नुभएको प्रेस वक्तव्य । विशेष राजनीतिक समितिको बैठकमा काठमाडौंमा उपलब्ध केन्द्रीय कार्यकारी समितिका सदस्यहरुलाई पनि आमन्त्रण गरिएको थियो ।

१.      आवधिक निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । संविधानसभावाट जारी भएको संविधान मुताविकको राज्यको अग्रगामी पुनर्संरचना पश्चातको निर्वाचन नियमित र पम्परागत निर्वाचन मात्रै नभै यो नयाँ संविधान नयाँ युग र नयाँ पुस्ताको अपेक्षा पूर्ति गर्ने ऐतिहासिक परिघटना पनि हो । यस अर्थमा आगामी एक वर्षभित्र हुनुपर्ने तीन तहको निर्वांचनप्रति नयाँ शक्ति पार्टी पूर्ण प्रतिवद्ध छ । सुशासन र विकास सहितको आर्थिक समृद्धिको एजेण्डाका आधारमा जनतावाट अनुमोदित हुँदै उक्त एजेण्डाहरु लागू गर्न सदा तयार र तत्पर छ ।

२.      नयाँ संविधानको सर्वस्वीकायर्ताका लागि संशोधन र यसको कार्यान्वयनको लागि संविधानले तोकेको अवधि ७ माघ २०७४ भित्र तीनै तहको निर्वाचन सम्पन्न गर्न सर्वपक्षीय सरकार अनिवार्य छ भन्ने मान्यता पनि नयाँ शक्ति पार्टीले राख्दछ । दलीय भागवण्डामा चुनावको घोषणा गर्न थालिएकाले यो सत्तास्वार्थकालागि र चुनाव नगर्नकालागि घोषणा गरिएको चुनावको रुपमा पनि यसलाई लिइएको छ । तसर्थ चुनावको निम्ति आवश्यक वातावरण तयार गर्ने र सबै पक्षबीच विश्वासको वातावरण तयार गर्ने काम सरकारले पहिले गरोस् भन्ने हामी जोडदार माग गर्दछौं ।

३.      नयाँ संविधान बमोजिमको निर्वाचनकालागि जरुरी वातावरण तयार गर्न निम्न शर्त तुरुन्त पूरा गरियोस् भन्ने नयाँ शक्ति माग गर्दछ:

क)      जारी संविधानप्रति असन्तुष्ट पक्षहरुको माग सम्बोधन गर्न संविधान संशोधन गर ।

ख)      प्रदेशको सीमांकनको विषय हल गर्दै स्थानीय तहको पुन:संरचनाको विवाद अन्त गर ।

ग)      स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि सर्वपक्षीय सरकारको गठन गर ।

घ)      भौगोलिक अखण्डताको संरक्षण गर्दै राष्ट्रिय एकता सुदृढ गर्न स्थीरता र विकासको सुनिश्चितताकालागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर ।

ङ)      निर्वाचनमा हुने भ्रष्टाचार, अनियमितता रोक्न र सबैको पहुँच कायम गर्न निर्वाचन खर्च निश्चित मापदण्डका आधारमा राज्यकोषबाट व्यहोर्ने व्यवस्था गर ।

च)      समय र खर्चको मितव्ययीताका लागि संघ, प्रदेश र स्थानीय तह तीनवटैको निर्वाचन एकैचोटि सम्पन्न गर ।

डा. बाबुराम भट्टराई

केन्द्रीय संयोजक

नयाँ शक्ति पार्टी, नेपाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ