२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय निर्वाचनको कार्यतालिका सार्वजनिक

२०७३, ११ फाल्गुन बुधबार १६:०९

फागुन ११, काठमाडौँ । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको दुई दिनपछि निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । 

कार्यतालिकाअनुसार वैशाख ३१ गते मुलुकभर बिहान ७: ०० बजेदेखि साँझ ५: ०० बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । आयोगले आजै कार्यतालिकासँगै निर्वाचन व्यवस्थापनमा सहयोग पु¥याउन सरकारलाई १९ बुँदे निर्देशनसमेत जारी गरेको छ । 

आयोगले निर्वाचनका सन्दर्भमा आयोगबाट भएका निर्णय र अन्तर्गतका कार्यालयबाट भएका पत्राचारलाई सरकारका सम्पूर्ण निकाय, सार्वजनिक संस्थान, विकास समिति, स्थानीय निकाय, शैक्षिक संस्थानले उच्च प्राथमिकता दिई तत्काल सम्पन्न गर्ने, आचारसंहिताको पूर्ण रूपमा पालना गर्न गराउन मातहतका सबै निकायलाई निर्देशनका साथै सोको कार्यान्वयनमा आवश्यक सहयोग पु¥याउन र माग भएको जानकारी तत्काल आयोग र अन्तर्गतका निकायलाई उपलब्ध गराउने निर्देशन दिएको छ । 

सरकारका सम्पूर्ण निकाय, सार्वजनिक संस्थान, विकास समिति, स्थानीय तह, अनुदानमा सञ्चालित विश्वविद्यालय र सामुदायिक विद्यालयका कर्मचारी र शिक्षकको अद्यावधिक विवरण निर्देशन प्राप्त भएको मितिले एक हप्ताभित्र छिटो साधनद्वारा जिल्ला निर्वाचन कार्यालयमा पठाउन निर्देशन दिइएको छ । 

त्यसैगरी निर्वाचनको कामका लागि आयोग तथा अन्तर्गतकाका र्यालयले माग गरेका कर्मचारीहरू तुरून्त खटाई पठाउने व्यवस्थागर्न, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल टेलिकम तथा विकास आयोजनालगायत सरकारी निकाय, टेलिफोन, फ्याक्स तथाअन्य सञ्चार साधनहरू मर्मत र सेवाबिस्तार गर्नुपर्ने भएतत्कालै मर्मत गरी चालु हालतमा राख्ने तथा निर्वाचनको कामका लागि माग गरेको समयमा प्राथमिकता दिई उपलब्ध गराउन निर्देशन दिएको छ । 

त्यस्तै निर्वाचनका सिलसिलामा आयोगका पदाधिकारी तथा कर्मचारी र निर्वाचन अधिकृत, पर्यवेक्षकलगायत अन्य कर्मचारीको आवागमन तथा मतपत्रलगायत निर्वाचन सामग्री ढुवानी गर्दा गराउँदा सुरक्षा व्यवस्था मिलाउने, निर्वाचन अधिकृतको कार्यालयका लागि आवश्यक पर्ने घर, र्र्र्फिर्नचर, कम्प्युटर, फ्याक्स मेसिन, सवारी साधन, पेट्रोमेक्स र अन्य आवश्यक भौतिक सुविधा माग भएका अवस्थामा जिल्लास्थित कार्यालयबाट तुरून्त उपलब्ध गराउन दिर्नेशन दिइएको छ । 

यसैगरी निर्वाचनसम्बन्धी मुद्रणमा सरकारी वा सरकारी स्वामित्वमा रहेका छापाखानाले प्राथमिकतासाथ छपाइ गर्ने, मतपत्र छपाइलगायत काम गर्ने जनक शिक्षा सामग्री केन्द्रको छापाखानाको मर्मतसम्भार यथाशीघ्र गर्न, निर्वाचनसँग सम्बन्धित सबै कार्यमा शान्ति सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन तथा स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गर्न उम्मेदवार, दल, मतदाताको सुरक्षाको उचित प्रबन्ध मिलाउनेलगायत निर्देशन दिइएको आयोगले जनाएको छ । 

त्यस्तै आयोगका पदाधिकारी तथा कर्मचारी र निर्वाचन अधिकृतको आवागमनका लागि माग गरिएको बखत हवाई टिकट सुरक्षित राखिदिन र निर्वाचन सामाग्री ढुवानीका लागि आवश्यकतानुसार मोटर, हवाइजहाज र हेलिकप्टरको सुविधा उपलब्ध गराउने माग गरिएको छ । 

मतदान केन्द्र रहेका विद्यालयमा वैशाख २५ गतेदेखि मतदान सम्पन्न नभएसम्म पठनपाठन, परीक्षा र सबै शैक्षिक क्रियाकलाप स्थगन गर्ने व्यवस्था मिलाउन, सार्वजनिक सञ्चारका माध्यम(रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र, दि राइजिङ नेपाल, राष्ट्रिय समाचार समिति)ले आयोगको निर्देशनानुरूप निर्वाचनसम्बन्धी सूचनालाई प्राथमिकता दिई प्रकाशन तथा प्रसारण गर्नेसमेत निर्देशन दिइएको छ । 

आयोगका अनुसार यही फागुन ९ गतेसम्म १८ वर्ष पूरा भएको नेपाली नागरिकले मतदान गर्न पाउने भएका छन् । 

स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको दिन फागुन ९ गतेलाई मतदाता नामावली ऐन २०७३ को दफा ६ (ख) बमोजिम मतदाताको उमेर १८ वर्ष पूरा भएको मिति मानी मतदाता नामावली तयार गर्नेसमेत आयोगले जनाएको छ ।  



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ