फागुन १२, काठमाडौं । प्रमुख दल नेपाली काँग्रेसका केन्द्रिय सदस्य फर्मुल्लाह मन्सुरले संशोधन प्रस्ताव पारित गर्नबाट अब कसैले पनि रोक्न नसक्ने स्पष्ट पारेका छन् ।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १२, काठमाडौं । प्रमुख दल नेपाली काँग्रेसका केन्द्रिय सदस्य फर्मुल्लाह मन्सुरले संशोधन प्रस्ताव पारित गर्नबाट अब कसैले पनि रोक्न नसक्ने स्पष्ट पारेका छन् ।<"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेको बुद्धि पलायो, अब संशोधन पारित हुन्छ: मन्सुर

१२ फाल्गुन २०७३, बिहीबार १०:२६

फागुन १२, काठमाडौं । प्रमुख दल नेपाली काँग्रेसका केन्द्रिय सदस्य फर्मुल्लाह मन्सुरले संशोधन प्रस्ताव पारित गर्नबाट अब कसैले पनि रोक्न नसक्ने स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता मन्सुरले प्रमुख प्रतिपक्षी दलले यो प्रस्तावको विपक्षमा मतदान गरे मधेशमा एमाले पार्टी पूर्ण रुपमा समाप्त हुने चेतावनी दिँदै भने,‘पहिला एमाले यो प्रस्ताव सदनमा टेबुल गराउन दिन्न भनेकै हो, तर टेबुल भयो, त्यसपछि एमालेले यो प्रस्ताव छलफल गर्न दिन्न भनेकै हो, तर आजबाट छलफल गर्न दिने भनेको छ, अब यो प्रस्तावको पक्षमा एमालेले मत हाल्छ ।’

उनले हिजोसम्म राष्ट्रघाती प्रस्ताव भन्ने एमालेले आजबाट छलफल गर्न दिन्छु भन्नुले नै उक्त प्रस्ताव पारित हुने आधार भएको स्पष्ट पारे । उनले थपे,‘एमालेको बुद्धि पलाएको छ, उसले पनि संशोधनको पक्षमा मतदान गर्छ ।’

उनले एमालेले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान नगरे मधेशको भुमिमा पाईला टेक्ने ठाउँ समेत नपाउने चेतावनी दिए । उनले भने,‘एमालेले बाध्य भएर प्रस्तावको पक्षमा मतदान गर्छ ।’ उनले मधेशी जनताको राष्ट्रियतामाथि प्रश्न चिन्ह खडा कसैले पनि गर्न नहुने बताए ।

उनले दुई तिहाईले संशोधन प्रस्ताव पारित हुने जिकिर गरे । मन्सुरले थपे,‘नेपाली काँग्रेसले पहल गरिरहेको छ, मधेशी जनतालाई मुलधारमा ल्याउनको लागि यो प्रस्ताव ल्याईएको हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता