फागुन १३, काठमाडौं । नेपालका लागि भारतीय राजदुत रञ्जित रायले नेपालमा हुन लागेको स्थानीय तहको चुनावमा सबै पक्षको सहभागितालाई जोड दिएका छन् ।

शुक्रबार रिपोर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १३, काठमाडौं । नेपालका लागि भारतीय राजदुत रञ्जित रायले नेपालमा हुन लागेको स्थानीय तहको चुनावमा सबै पक्षको सहभागितालाई जोड दिएका छन् ।

शुक्रबार रिपोर्"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतले चुनावको कहिल्यै पनि विरोध गर्दैन्: राजदुत राय

१३ फाल्गुन २०७३, शुक्रबार १३:३१

फागुन १३, काठमाडौं । नेपालका लागि भारतीय राजदुत रञ्जित रायले नेपालमा हुन लागेको स्थानीय तहको चुनावमा सबै पक्षको सहभागितालाई जोड दिएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले राजदुत रायलाई आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेर जान लागेको अवसरमा विदाई गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै राजदुत रायले भने,‘चुनावमा नेपालका सबै दलहरुको सहभागिताको अनिवार्य आवश्यकत्ता छ, भारत विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक हो, भारतले चुनावको कहिल्यैपनि विरोध गर्दैन्, चुनावले नै प्रजातन्त्रलाई स्थायित्व दिने र बलियो बनाउँछ, त्यसैले नेपालमा हुन लागिरहेको चुनावको विपक्षमा हामी छैनौं, तर यो चुनावमा सबैको सहभागिताको सुनिश्चितता हुनुपर्छ ।’

अब हुन गैरहेको चुनावमा पनि भारतको संविधान जारी गर्दाको जस्तै अडान हो कि के हो भनेर पत्रकारले गरेको एक प्रश्नमा उनले भने,‘जसरी नेपालमा जब संविधान जारी गर्दा सबै दलहरुलाई मिलाएर लैजानुपर्ने सुझाव भारतको थियो, त्यसैगरि चुनावमा पनि सबै दललाई मिलाएर लैजानुपर्छ भन्ने हाम्रो सुझाव छ ।’

उनले भने,‘नेपालमा चुनाव हुन गैरहेको छ, यो हाम्रो लागि पनि खुशीको कुरा हो, लोकतन्त्रको प्रमुख आधार भनेको नै चुनाव हो, तर चुनाव सबैलाई एक ठाउँमा लिएर र विश्वासमा लिएर गर्नुपर्छ ।’

रायले नेपाल–भारत सम्बन्ध देश–देशवीचको सम्बन्ध मात्रै नभएर व्यक्ति–व्यक्तिवीचको सम्बन्ध भएको बताउँदै भने,‘नेपाल–भारत द्धिपक्षीय सम्बन्ध प्रगाढ छ, अब २१ औं शताब्दी अनुसार द्धिपक्षीय सम्बन्धलाई कसरी थप मजबुद बनाउने भन्ने हामीवीच चूनौतिहरु छन्, त्यतातर्फ हामीले सोच्नुपर्छ ।’









प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता