५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तोकिएको मितिमा स्ववियु निर्वाचन नहुने निश्चित

१४ फाल्गुन २०७३, शनिबार ०६:२६

फागुन १४, डोल्पा । त्रिभुवन विश्वविद्यालयले यही फागुन १८ गतेका लागि तोकेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव लिकु संयुक्त क्याम्पसमा नहुने भएको छ ।

लिकु–४ मा रहेको उक्त क्याम्पसमा व्यवस्थापन समितिको पदावधि सकिनुका साथै क्याम्पस प्रमुख नियुक्ति भई नसकेकाले समितिको पुनःगठन र क्याम्पस प्रमुखको नियुक्तिपछि मात्र चुनावी प्रक्रियामा जाने सहायक क्याम्पस प्रमुख गणेशप्रसाद शर्माले बताए । 

शिक्षा सङ्कायतर्फ तीन तह गरेर जम्मा २४ विद्यार्थी भएको र त्यसमा समेत एक दुई जनाबाहेक बाँकी सबै त्रिभुवन विश्वविद्यालयले जारी गरेको निर्देशिका विपरीतका भएको नामावली क्याम्पस प्रशासनले प्रकाशन गरेको थियो ।

क्याम्पसले नामावली प्रकाशन गरिसकेपछि विद्यार्थीको आधिकारिकताको विषयमा विद्यार्थी सङ्गठनबीच विवाद भएपछि व्यवस्थापनको सबै काम सकाएर फेरि पनि सबै पक्षसहितको निर्वाचन समितिको भेलाले भोट हाल्न पाउने विद्यार्थी छनोट गर्ने सहायक क्याम्पस प्रमुख शर्माले बताए । 

पहिला क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष आएपछि समिति पुनःगठनसँगै विद्यार्थी सङ्गठनसँग छलफल गरेर मात्र चुनावको तयारी गर्ने क्याम्पस प्रशासनको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता