दिनेश ठकुल्ला/फागुन १४, धनगढी ।  लामो समयदेखि थरुहट प्रदेशको माग गर्दै आन्दोलनरत थरुहट/थरुवान संयुक्त संघर्ष समितिले सरकारले बैशाख ३१ गते घोषणा गरेको स्थानीय नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला/फागुन १४, धनगढी ।  लामो समयदेखि थरुहट प्रदेशको माग गर्दै आन्दोलनरत थरुहट/थरुवान संयुक्त संघर्ष समितिले सरकारले बैशाख ३१ गते घोषणा गरेको स्थानीय नि"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थरुहटद्वारा स्थानीय चुनाव वहिष्कारको घोषणा

२०७३, १४ फाल्गुन शनिबार ०७:१८

दिनेश ठकुल्ला/फागुन १४, धनगढी ।  लामो समयदेखि थरुहट प्रदेशको माग गर्दै आन्दोलनरत थरुहट/थरुवान संयुक्त संघर्ष समितिले सरकारले बैशाख ३१ गते घोषणा गरेको स्थानीय निकायको चुनाव वहिष्कार गरेको छ । 

संघर्ष समितिका प्रादेशिक संघर्ष समिति संयोजक होरीलाल चौधरी, कैलाली–कञ्चनपुर संयुक्त संघर्ष समितिका संयोजक प्रभातकुमार चौधरी, संघर्ष समिति कैलालीलगायतका घटकले संयुक्त रुपमा प्रेश विज्ञप्ती जारी गर्दै चुनाव वहिष्कार गरेको घोषणा गरेका हुन । 

विज्ञप्तीमा उल्लेख छ–‘कञ्चनपुर र कैलालीलाई थरुहट प्रदेशमा राख्नुपर्ने, टीकापुर घटनाका राजबन्दीहरुलाई रिहा गर्नुपर्ने, झुठ्ठा मुद्दा खारेज गर्नुपर्ने र भदौ ८ गतेको आगजनीका  पीडित पक्षलाई क्षतिपुर्तिका साथै दोषीलाई कारवाही नहुदासम्म संघर्र्ष समिति र संघीय गठबन्धन चुनावमा  सहभागी हुन सक्दैन ।’ 

साथै विज्ञप्तीमार्फत सर्वसाधारणहरुलाई  चुनावको  विपक्षमा लाग्नका लागि अपिल पनि गरिएको छ  । यसैगरि, आफुहरुको सहमतिविना हुने चुनावको विरुद्धमा समिति तत्काल सशक्त आन्दोलनका  कार्यक्रम घोषणा गर्ने बाध्य हुने र आन्दोलनबाट हुने क्षतिको जिम्मेवार राज्य पक्ष हुने पनि चेतावनी दिईएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन