२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधन प्रस्ताव पारित गराइछाड्ने कांग्रेसको अठोट

२०७३, १५ फाल्गुन आईतवार ०७:०७

फागुन १५, काठमाडौँ । नेपाली काँग्रेसले संविधान संशोधन प्रस्तावलाई जसरी भए पनि पारित गराइछाड्ने जनाएको छ । 

तराई–मधेसबाट प्रतिनिधित्व गर्ने काँग्रेसका सांसदसँग संशोधन प्रस्तावका सम्बन्धमा छलफल गर्न आज बोलाइएको बैठकले जसरी भए पनि संशोधन पारित गर्नुपर्ने सुझाव दिएको छ । सांसदले प्रतिपक्षी नेकपा (एमाले)लगायत सबै दलसँग छलफल गरी संशोधन प्रस्ताव पारित गर्न सुझाव दिएको बैठकपछि सभापति शेरबहादुर देउवाले जानकारी दिनुभयो । 

प्रस्तावमाथि थप पूरक प्रस्ताव आउँछ कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले हाल दर्ता भएको प्रस्ताव नै पारित हुने विश्वास व्यक्त गर्नुभयो । एक फरक प्रसङ्गमा सभापति देउवाले राजदूत नियुक्तिको विषय पार्टी केन्द्रीय समितिमा छलफल गर्न आवश्यक नरहेको बताउनुभयो । 

बैठकमा सहभागी काँग्रेस नेता फरमुल्ला मन्सुरले प्रस्ताव ‘सम्पूर्ण तराई–मधेसका जनताको हितमा भएकाले’ प्रस्ताव पारित गर्न काँग्रेस एक ढिक्का भएर लाग्नेछ भन्नुभयो । ‘मधेसी जनतालाई अधिकारसम्पन्न बनाउन र संविधानप्रतिको असन्तुष्टि समाप्त पार्न संशोधन आएकाले’ यसलाई जसरी भए पनि पारित गराउनुपर्ने निष्कर्षमा काँग्रेस पुगेको उहाँको भनाइ थियो । पूरक पूस्तावका सम्बन्धमा नेता मन्सुरले सत्ता पक्ष सबै दलको सहमतिमा अघि बढ्ने धारणा व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ