कृष्ण कँडेल/फागुन १५, बागलुङ । नेकपा माओवादीका बरिष्ठ नेता रामबहादुर थापा बादलले संविधान संसोधन प्रक्रियामा गएर छलफल समेत सुरु भईसकेको अबस्थामा अब छिट्टि टु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/फागुन १५, बागलुङ । नेकपा माओवादीका बरिष्ठ नेता रामबहादुर थापा बादलले संविधान संसोधन प्रक्रियामा गएर छलफल समेत सुरु भईसकेको अबस्थामा अब छिट्टि टु"/>

२३ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधन प्रस्ताब छिट्टै टुङ्गोमा पुग्छ: बादल

१५ फाल्गुन २०७३, आईतवार १६:१७


कृष्ण कँडेल/फागुन १५, बागलुङ । नेकपा माओवादीका बरिष्ठ नेता रामबहादुर थापा बादलले संविधान संसोधन प्रक्रियामा गएर छलफल समेत सुरु भईसकेको अबस्थामा अब छिट्टि टुङ्गोमा पुग्ने बताएका छन् । 

बागलुङको बुर्तिबाङमा प्रेस सेन्टर नेपाल बुर्तिबाङले गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता बदलले प्रश्ताव दर्ता नै हुन दिँदैनौँ, छलफलमै लैजान हुँदैन भन्ने अडान राख्दै आएको विपक्षि एमालेको समेत सहयोगमा सदनमा छलफल सुरु भएकाले फागुन १९ गते बस्ने संसद् बैठकबाट प्रक्रिया थप अघि बढ्ने बताए । 

उनले भने, ‘एमालेले पनि निर्वाचन सफल पार्नका लागि हुने प्रयासमा हामी बाधक बन्दैनौँ भन्दै आएको अबस्थामा स्थानिय तहको निर्वाचन सरकारले घोषणा गरिसकेको छ, हामीलाई विश्वास छ मधेसको समस्या न्युनतम सम्बोधन गरेर निर्वाचनमा जान एमाले सहमत हुन्छ ।’

नेता वादलले संविधान संसोधन प्रत्रियाबाट टुङ्गाउन एमाले सहमत भएको दावि समेत गरे । मधेसी मोर्चाले अहिलेको संसोधनमा परिमार्जन नभए चुनाबमा नजाने अडान र एमालेले कुनै हालतमा पास हुन नदिने अडान लिँदा समस्या भएको भन्दै दुवैलाई मान्य हुने विचको बाटो खोज्ने तर्फ छलफल भईरहेको उनको भनाई छ । 

उनले संघिय आयोग बनाएर सिमाङ्कनको समस्या समाधान गर्ने कुरामा मोर्चा र एमालेपनि सैद्धान्तिक रुपमा सहमत भएको भन्दै अहिलेलाई निर्वाचनमा जाने गरि केहि कुरा सम्बोधन गर्ने र निर्वाचन पछि बन्ने आयोगबाट टुङ्गाउन सकिने बताए । 

मोर्चाले चुनाव अघि नै सिमाङ्कन टुङग्याउनुपर्ने अडान राखेको भन्दै संविधान कार्यान्वयनका लागि जुनसुकै मुल्यमा निर्वाचन गर्नुपर्ने बाध्यता भएकाले तत्तकाल त्यो व्यवहारिक नदेखिएकाले चुनाबपछि आयोग बनाएर समाधान खोज्ने विकल्प नै उपयुक्त हुने उल्लेख गरे । 

कार्यक्रम प्रेस सेन्टर नेपाल बुर्तिबाङ इकाईका सल्लाहकार संयोजक चन्द्र अर्यालको अध्यक्षता र संयोजक कृष्ण कँडेलको सञ्चलनमा सम्पन्न भएको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने मन्त्रिपरिषद्को निर्णय : प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत निर्वाचन सुरक्षा सम्बन्धमा गृहमन्त्री अर्यालद्वारा प्रदेशका प्रमुख सचिवहरूसँग छलफल युक्रेन वार्ता अन्योलमा गैरीगाउँको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा इरानमा प्रदर्शन हिंसात्मक, ३५ को मृत्यु सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छः मन्त्री घिसिङ नेप्से परिसूचक नौ अङ्कले बढ्यो श्रीलङ्कामा विषाक्त मदिरा सेवन गर्दा पाँच जनाको मृत्यु रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल प्रतिनिधिसभा सदस्य निर्वाचनः एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस जापानमा ६.४ म्याग्निच्युडको भूकम्प सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार गोंगबुबाट लागुऔषधसहित दुईजना पक्राउ सहमतिका आधारमा केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी सुनचाँदीको मूल्य बढ्यो गोरखामा च्याउ खाँदा एकाघरका चार जना बिरामी वीरगञ्जमा कर्फ्यू आदेश आज दिउसो १ः०० बजेसम्म थप