फागुन १७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज राष्ट्रका नाममा सम्बोधन गर्दै स्थानीय तहको निर्वाचनमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् ।
सिंहदरबारस्थित कार्यालयबाट आज साँझ ५ बजे विशेष पत्रकारसम्मेलन गरी प्रधानमन्त्री दाहालले सबै राजनीतिक दललाई आगामी वैशाख ३१ मा हुने तय भएको स्थानीय निर्वाचनमा सहभागी हुन आह्वान गरेका हुन् ।
उनले मुलुकमा विद्युत्भार कटौती, भूकम्पपछिको पुनः निर्माणमा र राष्ट्रिय गौरवका आयोजनालाई तीव्रता तथा आर्थिक सामाजिक सुधारका कार्य जारी रहेको पनि बताए ।