फागुन १८, काठमाडौँ । त्रिविले काठमाडौँ उपत्यकाका नौ आङ्गिक क्याम्पसमा आज स्ववियु निर्वाचन सुरु गरेको छ । 

जनप्रशासन क्याम्पस, आयुर्वेद क्याम्पस, चिकित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १८, काठमाडौँ । त्रिविले काठमाडौँ उपत्यकाका नौ आङ्गिक क्याम्पसमा आज स्ववियु निर्वाचन सुरु गरेको छ । 

जनप्रशासन क्याम्पस, आयुर्वेद क्याम्पस, चिकित"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्ववियु निर्वाचन सुरु, अब चुनाब स्थगित क्याम्पसमा के हुन्छ ?

१८ फाल्गुन २०७३, बुधबार ०६:४१


फागुन १८, काठमाडौँ । त्रिविले काठमाडौँ उपत्यकाका नौ आङ्गिक क्याम्पसमा आज स्ववियु निर्वाचन सुरु गरेको छ । 

जनप्रशासन क्याम्पस, आयुर्वेद क्याम्पस, चिकित्साशास्त्र अध्ययन संस्थान, नर्सिङ क्याम्पस, सानोठिमी क्याम्पस, भक्तपुर क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस र सहिद आदर्श क्याम्पसमा बिहान ९ बजेदेखि निर्वाचन सुरु भएको विश्वविद्यालय अन्तर्गत निर्वाचन समितिका संयोजक गङ्गा थापाले जानकारी दिए । मतदान साँझ ४ बजेसम्म हुने छ । 

त्यसैगरी काठमाडौँ उपत्यका बाहिरका १५ आङ्गिक क्याम्पसमा पनि आज निर्वाचन भइरहेको छ । नेविसङ्घ, अनेरास्ववियु (क्रान्तिकारी)लगायत विद्यार्थी सङ्गठनले अन्य क्याम्पसमा ताल्चा लगाएकाले निर्वाचन हुन बाँकी छ । 

काठमाडौँ उपत्यका तथा बाहिरका क्याम्पसमा विद्यार्थी सङ्गठनसँग समन्वय गरी निर्वाचन गरिने संयोजक थापाले जानकारी दिनुभयो । करिब आठ वर्षपछि स्ववियु निर्वाचन आज भइरहेको छ । 

अनेरास्ववियुका सचिव आरसी लामिछानेले ‘अनेरास्ववियुका वर्चस्व रहेका अधिकांश क्याम्पसमा अन्य सङ्गठनले अवरोध गरेका कारण’ चुनाव हुन नसकेको बताउँदै वार्ता गरी चाँडो निर्वाचन गराउने वातावरण बनाउन विद्यार्थी सङ्गठनहरुसँग आग्रह गरे । 

भद्रपुर–मेची बहुमुखी क्याम्पस भद्रपुरमा आज बिहान ८ बजेदेखि स्ववियु निर्वाचन शान्तिपूर्वक भइरहेको छ । निर्वाचनमा एक हजार दुई सय ८५ मतदाता छन् । निर्वाचनमा पाँच विद्यार्थी सङ्गठनले उम्मेदवारी दिएका छन् । 

सोअनुसार प्रत्यक्षतर्फ सबै पदका ४४ जना उम्मेदवार रहेको तथा समानुपातिकतर्फ मतदानका आधारमा पदाधिकारी चयन हुने व्यवस्था रहेको निर्वाचन समितिका सदस्य हेमराज प्रसार्इंले जानकारी दिए । 

निर्वाचनमा अखिल(क्रान्तिकारी), नेविसङ्घ, राष्ट्रिय प्रजातान्त्रिक नेपाल विद्यार्थी सङ्गठन, अनेरास्ववियु र नयाँ शक्ति नेपाल विद्यार्थी सङ्गठनबाट उम्मेदवारी दिइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता