फागुन १८, काठमाडौँ । सरकारी सवारी साधनको प्रयोग र उपयोगितामा अराजकता देखिएको निष्कर्ष निकालिएको छ । 

संसद्को सुशासन तथा अनुगमन समिति मातहतको उपसमितिको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १८, काठमाडौँ । सरकारी सवारी साधनको प्रयोग र उपयोगितामा अराजकता देखिएको निष्कर्ष निकालिएको छ । 

संसद्को सुशासन तथा अनुगमन समिति मातहतको उपसमितिको"/>

६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रीलाई गाडी उपलब्ध नगराउँदा ठाडो प्रस्तावमा सचिवको सरुवा

१८ फाल्गुन २०७३, बुधबार १२:१६

फागुन १८, काठमाडौँ । सरकारी सवारी साधनको प्रयोग र उपयोगितामा अराजकता देखिएको निष्कर्ष निकालिएको छ । 

संसद्को सुशासन तथा अनुगमन समिति मातहतको उपसमितिको आजको बैठकमा मन्त्रालयका सचिवले काम विशेष आवश्यकताका आधारमा भने सवारी साधनको सुविधा निकै कमी रहेको जानकारी दिनुभयो । 

वाणिज्य मन्त्रालयका सचिव ङइन्द्र उपाध्यायले सरकारी सवारी साधन अधिक बिग्रने, आवश्यकता परका बेलामा काम नदिने मात्र होइन, मर्मतमा अधिक खर्च हुने समस्या देखिएको बताउनुभयो । 

कतिपय माथिल्लो ओहदामा बस्नेहरुले आफू जहाजको सुविधा लिए पनि यातायात पनि सँगसँगै लैजाने गरेको घटनासमेत उदाहरणका रुपमा बैठकमा प्रस्तुत गरिएको थियो । 

समितिका सदस्य उदय नेपालीले भन्नुभयो, “विश्वमै महँगा मूल्यका गाडी पनि नेपाल सरकारका पदाधिकारीबाट प्रयोग भइरहेको छ, त्यस्ता सवारी साधन आवश्यकताभन्दा पहँुचका आधारमा प्रयोग भइरहेको छ, सरकारी सवारी साधनको व्यवस्थापन गर्न सचिवबाट झारो टार्ने ढङ्गबाट नभई सहयोग पु¥याउने हिसाबले प्रतिवेदन दिनुहोला ।” 

केही स्रोत साधन सम्पन्न मन्त्रालयका हाकिमले वर्षैपिच्छे महँगो र नयाँ गाडी चढ्ने गरेको तथा स्रोतसाधनको कमी भएका तर सञ्जाल भने ७५ जिल्लामा रहेका कृषि, स्वास्थ्य तथा सिँचाइजस्ता मन्त्रालय मातहतका कार्यालयमा भने सवारी साधनको अवस्था निकै नाजुक रहेको सो अवसरमा जानकारी दिइयो । 

कृषि मन्त्रालय मातहत रहेका ३०० सवारी साधनमध्ये १३८ वटा २० वर्ष पुराना रहेको पनि बैठकलाई जानकारी दिइयो । सरकारमा मन्त्री मात्रै नभएर दलका नेताहरुले नै पनि आफूले पाउने सुविधाभन्दा अतिरिक्त गाडी उपलब्ध गराउन दबाब दिने गरेको बताउँदै समितिका सदस्य एवम् पूर्वसचिव जनकराज जोशीले भन्नुभयो, “गाडी उपलब्ध नगराएकै आरोपमा मन्त्रीले मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव लगेर सचिव हटाएको घटना पनि सुनिएको छ त्यसमा आफँै सुधार नआएको सचिवले बताउनुभएको छ । 

पदीय हिसाबले पाउनेले पाउनुभएकै छ, कतिपयले कामको हिसाबले सवारी साधन सुविधा दिनुपर्ने हो, त्यसमा कमी भएको कुरा सचिवहरुले बैठकमा स्पष्ट पार्नुभएको थियो । 

सरकारी सवारी साधानको व्यवस्थापनका लागि कुनै संयन्त्रको व्यवस्था नगरिँदा सरकारी सवारी साधनको व्यवस्थापन बेवारिसेजस्तो भएको छ । सदस्य जोशी भन्नुहुन्छ, “सरकारी सवारी साधानको व्यवस्थापन गर्ने कुनै नीति, निर्देशिका कहिँकतै, कसैले पनि केही नगर्दा नीति निर्देशनविहीन जस्तो बन्न पुगेको छ ।” 

नेपालमा सरकारसँग कति सङ्ख्यामा सवारी साधन छन्, कस्ता प्रकारका छन्, कुन कुन निकायमा प्रयोग भइरहेका छन् कि थन्किएका छन् त्यसको कुनै निश्चित आँकडा र अत्तोपत्तो नरहेको कुरा बैठकमा जोडदारसँग उठेको थियो । 

सरकारले केही दिनअघि मात्रै २० वर्षे सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ । समितिले सरकारी साधनको प्रयोगसम्बन्धी निश्चित मापदण्ड बनाउने, सरकारी साधनको प्रयोगमा देखिएको दुरुपयोग रोक्न सुझावसहितको प्रतिवेदन बनाउने प्रयासमा रहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति