फागुन १८, काठमाडौं । सर्वोच्च अदालतले जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १८, काठमाडौं । सर्वोच्च अदालतले जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । 

५ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

मुद्दाको अन्तिम टुंगो नलागेसम्म चन्दलाई आइजी हुन सर्वोच्चले रोक्यो

१८ फाल्गुन २०७३, बुधबार १२:३७

फागुन १८, काठमाडौं । सर्वोच्च अदालतले जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । 

सरकारले तेस्रो बरियताका चन्दलाई आइजी नियुक्त गरेपछि सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई बुधबार पनि निरन्तरता दिएको हो ।

सरकारले फागुन १ गते बिहानै चन्दलाई आइजिपी नियुक्त गरे पनि केही घण्टामै निर्णय कार्यान्वन नगर्न प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले आदेश दिएको थियो ।

सरकारले तेस्रो वरियतामा रहेका डिआइजी जयबहादुर चन्दलाई आइजिपी बनाउने निर्णय गरेपछि त्यसमा रोक लगाउन माग गर्दै अधिवक्ता कपिलदेव ढकालले रिट दायर गरेका थिए । त्यस्तै पहिलो वरियतामा रहेका डिआइजी नवराज सिलवालले पनि चन्दको नियुक्ति कानुनसम्मत नभएको भन्दै रिट हालेका थिए ।

प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले चन्दको आइजिपी नियुक्तिका सम्बन्धमा भएका सम्पूर्ण कामकारबाही हाललाई यथास्थितिमा राख्न, नियुक्ति दिने, पद बहाली गराउने लगायत कुनै पनि कार्य नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । न्यायाधीशहरू कार्की र केसीको संयुक्त इजलासले त्यही आदेशलाई थप निरन्तरता दिने आदेश गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता