फागुन १८, काठमाडौं । सर्वोच्च अदालतले जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १८, काठमाडौं । सर्वोच्च अदालतले जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । 

२०८२, ३० फाल्गुन शनिबार
काठमाडौँ - KTM

मुद्दाको अन्तिम टुंगो नलागेसम्म चन्दलाई आइजी हुन सर्वोच्चले रोक्यो

२०७३, १८ फाल्गुन बुधबार १२:३७

फागुन १८, काठमाडौं । सर्वोच्च अदालतले जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । 

सरकारले तेस्रो बरियताका चन्दलाई आइजी नियुक्त गरेपछि सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई बुधबार पनि निरन्तरता दिएको हो ।

सरकारले फागुन १ गते बिहानै चन्दलाई आइजिपी नियुक्त गरे पनि केही घण्टामै निर्णय कार्यान्वन नगर्न प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले आदेश दिएको थियो ।

सरकारले तेस्रो वरियतामा रहेका डिआइजी जयबहादुर चन्दलाई आइजिपी बनाउने निर्णय गरेपछि त्यसमा रोक लगाउन माग गर्दै अधिवक्ता कपिलदेव ढकालले रिट दायर गरेका थिए । त्यस्तै पहिलो वरियतामा रहेका डिआइजी नवराज सिलवालले पनि चन्दको नियुक्ति कानुनसम्मत नभएको भन्दै रिट हालेका थिए ।

प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले चन्दको आइजिपी नियुक्तिका सम्बन्धमा भएका सम्पूर्ण कामकारबाही हाललाई यथास्थितिमा राख्न, नियुक्ति दिने, पद बहाली गराउने लगायत कुनै पनि कार्य नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । न्यायाधीशहरू कार्की र केसीको संयुक्त इजलासले त्यही आदेशलाई थप निरन्तरता दिने आदेश गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ