फागुन १८, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले वृद्धवृद्धाका लागि छोराछोरीले आम्दानीको १० प्रतिशत छुट्याउनुपर्ने कानुन तर्जुमा हुन लागेको बताउनुभएको छ । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १८, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले वृद्धवृद्धाका लागि छोराछोरीले आम्दानीको १० प्रतिशत छुट्याउनुपर्ने कानुन तर्जुमा हुन लागेको बताउनुभएको छ । 
"/>
२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब सन्तानले बाबुआमाका लागि आम्दानीको दश प्रतिशत छुट्याउनुपर्ने

२०७३, १८ फाल्गुन बुधबार १६:०८

फागुन १८, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले वृद्धवृद्धाका लागि छोराछोरीले आम्दानीको १० प्रतिशत छुट्याउनुपर्ने कानुन तर्जुमा हुन लागेको बताउनुभएको छ । 

मनमोहन प्रतिष्ठानले आज राष्ट्रपति निवासमा आयोजना गरेको ज्येष्ठ नागरिक देश दर्शन समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले यससम्बन्धी कानुन मस्यौदा गरिरहेको जानकारी आफूले पाएको बताउनुभयो । 

“सम्पत्तिको ७५ प्रतिशतमात्र अंशका रुपमा छोराछोरीलाई बाँडिने र २५ प्रतिशत वृद्धवृद्धाकै नाममा हुने व्यवस्था पनि कानुनमा हुँदैछ, वृद्धवृद्धालाई आश्रममा राख्ने व्यवस्थाभन्दा घरमा सम्मानसाथ तीन पुस्ता बस्ने संस्कारको पुनःर्जागरण गरिनुपर्छ”– उहाँले भन्नुभयो । 

सडकलगायत पूर्वाधार वृद्धवृद्धा, बालबालिका र अपाङ्गमैत्री हुनुपर्नेमा राष्ट्र«पति भण्डारीले जोड दिनुभयो । प्रतिष्ठानका अध्यक्ष एवम् सांसद भरतमोहन अधिकारीले कमजोर बनेका ज्येष्ठ नागरिक र बालबालिकालाई देश दर्शन गराई पुनर्ताजगी गर्ने उद्देश्यले यस वर्ष छैठौँपटक कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । 

राष्ट्रकवि माधवप्रसाद घिमिरेले वृद्धावस्था मनमा उज्यालो बाली सबैलाई उज्यालो बाँड्ने समय भएको विचार व्यक्त गर्नुभयो । “वृद्धले जीवनभर गरेका अनुभवबाट हामीले शिक्षा लिनुपर्छ, ‘कुरा सुन्नु बूढाको आगो ताप्नु मुढाको’ भनेजस्तै”– उहाँले भन्नुभयो । 

संस्कृतिविद् सत्यमोहन जोशीले बुढेसकालमा दुःख नपाउनु नै रामराज्य भएकाले बुढापाकालाई राज्यले नै सम्मान दिनुपर्नेमा जोड दिनुभयो । इतिहासविद् ज्ञानमणि नेपालले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने वैदिक परम्परा भएकाले त्यसको अनुशरण गरिनुपर्ने बताउनुभयो । 

फागुन ११ गतेदेखि १७ गतेसम्म १२९ जना ज्येष्ठ नागरिकलाई प्रतिष्ठानले देशका विभिन्न भाग भ्रमण गराइएको सो अवसरमा जानकारी गराइयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ