फागुन १९, काठमाडौं । मुख्य विपक्षी दल नेकपा एमालेले राष्ट्रीय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.गोविन्दराज पोखरेल काङ्ग्रेसको संगठन बिस्तारमा ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १९, काठमाडौं । मुख्य विपक्षी दल नेकपा एमालेले राष्ट्रीय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.गोविन्दराज पोखरेल काङ्ग्रेसको संगठन बिस्तारमा ल"/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसको संगठन बिस्तारमा लागे पुनर्निर्माणका सिइओ- एमाले

१९ फाल्गुन २०७३, बिहीबार ११:१०

फागुन १९, काठमाडौं । मुख्य विपक्षी दल नेकपा एमालेले राष्ट्रीय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.गोविन्दराज पोखरेल काङ्ग्रेसको संगठन बिस्तारमा लागेको आरोप लगाएको छ।

राष्ट्रीय पुननिर्माण  जस्तो सरकारको उच्च पदमा रहि सरकारि सेवा सुबिधा लिदै आए पनि उनले त्यस्को  दुरुपयोग गरेर राजनितिक गतिबिधीमा सक्रीय भएको एमालेको आरोप छ।

प्राधिकरणका सिइओ पोखरेलले कांग्रेसका बिभिन्न आमसभामा सहभागी भएर जिल्लाका सांसदहरु र एमाले विरुद्ध भाषण गरेको आरोप  छ ।

एमाले प्युठानका अध्यक्ष तुल्सीराम शर्माले प्रेस विज्ञप्ति जारी गरेर पोखरेलका गतिबिधि नरोकिए प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

"पोख्रेलको गतिबिधी आपत्तिजनक छ।" उनले भनेका छन। प्राधिकरणका सिइओ पोखरेलले कांग्रेसका बिभिन्न आमसभामा सहभागी भएर जिल्लाका सांसदहरु र एमाले विरुद्ध भाषण गरेको आरोप उनले लगाएका छन् ।

प्युठानका दुवै क्षेत्रमा एमालेका बामदेव गौतम र हिरावहादुर केसीले जितेका छन् । 

पोखरेल पछिल्ला केही साता गृहजिल्ला प्युठानका बिभिन्न गाविसमा नेपाली कांग्रेसका कार्यक्रममा सहभागी भएका थिए ।

प्ाोखरेल माघ २९ गते कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालालाई लिएर जिल्लाको क्षेत्र नम्बर १ स्थित बाँगेसालमा आयोजित कांग्रेस आमसभालाई सम्बोधन गर्न पुगेका थिए । उनले कांग्रेसको बहुमतका लागि आफूले भूकम्प पीडितको पक्षमा काम गरेर जनताको मन जित्ने बताएपछि एमालेले आपत्ति जनाएको हो । तर पोखरेलका प्रेस संयोजक दिनेश पाण्डेले भने योजना आयोगको उपाध्यक्ष भएकै बेला परेका योजनाहरुको बारेमा स्थानीयसँग छलफल गर्न पोखरेल प्युठान गएको बताए ।

प्राधिकरणका सिइओको गतिबिधिप्रति असन्तु्ष्ट बनेको एमालेले निर्देशक समितिको बैठकमा स्पष्टीकरण लिने तयारी गरेको छ । प्रधानमन्त्री अध्यक्ष रहेको निर्देशक समितिमा प्रमुख विपक्षी नेताको प्रतिनिधिका रुपमा एमाले उपाध्यक्ष भीम रावल सदस्य छन् ।

भूकम्प पीडितले पहिलो किस्ताको रकम पाउने क्रम समेत पोखरेल आएपछि रोकिएको र दोस्रो किस्ताको प्रक्रियानै शुरु नभएको भन्दै रावलले सिइओका गतिबिधि आपत्तिजनक रहेको बताए । उनले सिइओ पोखरेल एमालेविरुद्ध भाषण गर्दै हिड्नु अशोभनीय रहेको भन्दै यसबारे बैठकमा कुरा उठाउने बताएका छन् ।

यसबीचमा पोखरेल प्युठानमा कांग्रेसको आमसभा र पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन गएका थिए ।

 सिइयो पोख्रेल रस्पुरकोट निबासी हुन।पोखरेल आफैं पनि नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । उनी कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार बनेर पराजित भएका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट