२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय निकायमा युवाको पहुँच सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न

५ चैत्र २०७३, शनिबार १५:०८

फागुन ५, काठमाडौं ।  काठमाडौं जिल्ला क्षेत्र नं ६ का माननीय सांसद भीमसेनदास प्रधानको सिफारिसमा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत स्थानीय निकायमा युवाको पहुँच सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । तारकेश्वर विकास समाज समितिको आयोजना र तारकेश्वर आवाज मासिक पत्रिकाको सहजीकणमा सम्पन्न भएको सो कार्यक्रममा नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा तारकेश्वर नगरपालिका अन्र्तगतका राजनीतिक दलहरुले युवाहरुको प्रतिनिधित्व के–कसरी गर्दैछन् भन्ने खालका विषयहरु प्रस्तुत भएका छन् ।


कार्यक्रममा प्रमुख अतिथि माननीय सांसद भीमसेनदास प्रधानले ०७४ वैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचमा युवाहरुले सक्रियताका साथ सहभागी भई नेतृत्व लिनुपर्ने बताए । यस्तै गरी सांसद प्रधानले नेतृत्व लिनको लागि युवाहरुले जागरुक तरीकाले लाग्नु पर्ने कुरामा समेत जोड दिए । कार्यक्रममा आफनो भनाई राख्दै काठमाडौं क्षेत्र नं ६ का नेपाली कांग्रेसका सभापति श्यामकृष्ण खड्गीले युवाहरु समाज परिर्वतनका सम्वाहक हुन्, विकासका खम्वा, युवाले अब हुने स्थानीय तहमा नेतृत्व लिन सक्नुपर्छ, त्यसको लागि सामाजिक रुपान्तरणमा लाग्नुपर्ने बताए ।


कार्यक्रममा आफनो भनाई राख्दै नेपाली कांग्रेस तारकेश्वर नगर सभापति श्रीराम थापाले विकासका लागि युवाहरुको नेतृत्वव अपरिहार्य रहेको र त्यसको लागि हाम्रा युवा साथीहरुले विकासका थप कामहरु गर्न आवश्यक रहेको बताए । काठमाडौ जिल्ला क्षेत्र नं ६ का नेपाली कांग्रेस संगठन विभागका प्रमुख  विष्णुभक्त तिमिल्सिनाले अहिलेको समयको स्थानीय निकायमा युवाको पहुँच सम्बन्धी अन्तरक्रिया कार्यक्रमको शीषक अतिनै सान्दभिक भएको र आगामी निर्वाचनमा युवालाई विशेष प्राथकिमिकताका साथ प्रतिनिधित्व गराउनु पर्ने बताए । सो कार्यक्रममा तारकेश्वर नगरपालिका अन्र्तगतका करीब सात सय युवाहरुको सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…